arrow

‘नामिवियासंगको क्रिकेट नेपालमा हुने पक्का भइसक्यो’

आइसीसीको प्रत्यक्ष निगरानीमा खेल हुन्छ, राखेप र क्यान सीइओ घिमिरे सहजिकरण गर्ने

logo
प्रकाशित २०७२ चैत ३ बुधबार
ICC-and-CAN.jpeg.jpeg
काठमाडौं । नाविमियासंग हुने आएसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको नेपालको घरेलु मैदानमा हुने नहुने अन्योलबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी नेपालको समग्र व्यवस्थापन स्थितिको निरीक्षण गर्ने भएको छ । एक दुई दिनमै आसीसीको निरीक्षण टोली आइपुग्ने बताइएको छ । आइसीको मापदण्ड अनुरुप खेल तयारी, मैदानको स्तरोन्नती र सुरक्षा व्यवस्था मिले खेल नेपालमै हुने पक्का हुने तथा यदी त्यसो हुन नसके खेल अर्को मुलुकको तटस्थ मैदानमा हुने बताइएको छ । 
 
लिग अन्तर्गत होम एन्ड अवे खेलमा नेपाल वैशाखमा नामिवियासँग खेल्ने कार्यक्रम छ । कीर्तिपुर मैदानमा हुने भनिएको खेलबारे आइसीसीले शर्त राखेको नभई स्वभाविक निरीक्षण गर्ने र निरीक्षणका आधारमा रिपोर्टिङ गर्ने भएकाले यसै भन्न नसकिने विवादित नेपाल क्रिकेट संघ क्यान कमिटी महासचिव अशोकनाथ प्याकुर्‍यालले जानकारी दिए ।  उनले भने, ‘उनीहरुले रिपोर्टिङ गर्नेबारे हामीलाई थाहा हुँदैन ।’   
 
आइसीसीले विवादित दुवै क्यान कार्यसमितिलाई संलग्न हुन नहुने धारणा राखेको छ । उसले एसियन डेभलोपमेन्ट अफिसर समेत राखेर कोच र क्याप्टनले टीम छनौट गर्नु पर्ने, खेल हुने मैदानलाई एसियन डेभलोपमेन्ट म्यानेजरले निरीक्षण गरेर स्विकृति प्रदान गर्नुपर्ने, निरीक्षण रिपोर्टलाई आईसीसीले अनुमोदन गरेपछि नेपालमा नामिवियासँगको खेल हुने जनाउ दिएको छ । आईसीसीले वुधबार प्रेसनोट जारी गर्दै यस्तो जनाउ दिएको हो । 
 
खेल नेपालमै हुने पक्का भो  : सदस्य सचिव विष्ट 
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले नामिवियासंगको खेल नेपालमै हुने पक्का पक्की भएको बताएका छन् । उनले भने, ‘हामीले खेलको सहजिकरण गर्ने भनेका छौं, क्यान सीइओ भावना घिमिरेलाई पनि संलग्न गराउँछौ, निगरानी आइसीसीकै हुन्छ ।’ आइसीसी प्रतिनिधीको प्रत्यक्ष सहभागितामा खेल संचालन गर्ने कुरा भइसकेको छ । अनि आइसीसीले शर्त पूरा नभए अन्तै खेल हुन्छ भन्नु को अर्थ ? जवाफमा विष्टले भने, ‘केही समय अघि मैले हामी खेल नेपालमै गर्न सक्षम छौं, खेलाडी, छनोट, पूर्वाधार तयारी र सुरक्षाबारे थप केही गर्नु पर्ने भए निरिक्षण गर्न आग्रह गर्दछौं भनि पत्राचार गरेकामा त्यसको जवाफमा यस्तो भनेको हो ।’
 
खेल अन्तै सार्ने भन्ने भनिएको छैन, विष्टले थपे, ‘मलाई मंगलबार र सोमबार लगातार पत्र आएको छ ।’ मूख्य कुरा आइसीसीले मुद्दामा परेका दुवै क्यान कार्यसमितिलाई भूमिका दिन सकिँदैन भनेको छ । गेम नेपालमै हुन्छ, मैले कन्र्फम गरिसकेको छु । गएको पुस १ गते साधारण सभावाट चतुरबहादुर चन्दको नेतृत्वमा गठन भएको क्यान कार्यसमितिलाई राखेपले मान्यता नदिई रमेश सिलवालको संयोजकत्वमा तदर्थसमिति गठन गरेपछी विवाद झन् बल्झिएको छ । निर्वाचित क्यान विघटनपछी निकै समय क्यान कार्यसमिति विहिन भएपछि चन्द पक्षले साधारण सभा गरेको हो ।
 
चन्द समूहले आफुहरुले साधारण सभा नगर्न भन्दा भन्दै जवरजस्ती गरेको भन्दै राखेपले सिलवालको संयोजकत्वमा तदर्थसमिति गठन गरेपछी चन्द समूहले सर्वोच्चमा मुद्दा दर्ता गरेको थियो । मुद्दा विचाराधिन छ । नेपाल क्रिकेटसंघमा आधिकारीक व्यवस्थान समिति नभएपछी आइसीसीले खेलको जिम्मा दिन आनाकानी गरिरहेको हो । क्यान विवाद र मैदानको स्तरोन्नतिका कारण गएको नोभेम्बरमा नेपालले पपुवा न्यूगिनीविरुद्धको खेल युएई गएर खेलेको थियो । सन् २०१७ सम्म संचालन हुने च्याम्पियनसिपका ७ मध्ये तीन राष्ट्रविरुद्धका ६ खेल नेपालले घरेलु मैदानमा खेल्न पाउने आइसीसी कार्यतालिका थियो । व्यवस्थापनज विवादले लथालिङ्ग भएको नेपाली क्रिकेट टोली खेलिरहेको लिगको अंक तालिकमा पुछारमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ