arrow

नेपालको नेतृत्वमा जर्मनीमा जलवायु संवन्धी बैठक

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
Jalabayu.jpg.jpeg
काठमाडौं । विकसित देशहरुले अतिकम विकशित देश तथा विकासोन्मूख देशलाई गर्ने सहयोग बढाउनुपर्ने निष्कर्ष निकाल्दै जलवायू अनुकूलन कोषको बैठक जर्मनीमा सम्पन्न भएको छ । 
 
दुई महिना अघि सो कोषको अध्यक्षका रुपमा नेपाल छानिएको हो । 
जनसंख्या तथा वातावरण मन्त्रालयका उपसचिव तथा कृषि अर्थविज्ञ नरेश शर्मा नेपालको तर्फबाट अध्यक्षको रुपमा निर्वाचित हुनुभएको छ । यस अघि सो बोर्डको अध्यक्षको रुपमा नर्वेका ह्यान्स ओलाभ आईब्रेक हुनुहुन्थ्यो । अध्यक्षको पदावधि एक वर्षको रहनेछ । 
 
यही मार्च १७–१८सम्म जर्मनमा शर्माकै अध्यक्षतामा बसेको बैठकले पेरिसमा जलवायू परिवर्तन सम्बन्धी सम्मेलनले गरेका सम्झौताहरुलाई कार्यान्वयनमा लैजान पर्नेमा जोड दिएको छ । 
त्यस्तै, कोषमा समुदायको सहभागिता गर्दै अरु नयाँ कार्यक्रमहरु ल्याउनुपर्ने खाँचो बैठकले औल्याएको छ । कोषलाई अझ बढी जिम्मेवार बनाउँदै जलवायू परिवर्तनका असरले उत्पन्न परिस्थितिसँग जुध्न अतिकम विकसित देशहरुले गर्ने सहयोगतर्फ बढाउनुपर्नेमा अध्यक्ष शर्माले जोड दिनुभयो । 
 
यो कोषले जलवायु परिवर्तनले असर गरेका देशहरुमा त्यसले उत्पन्न गरेका अभावको सामना गर्नका लागि कार्यक्रमहरु सञ्चालन गर्न वित्तिय सहयोग उपलब्ध गराउदछ । विकसित देशले उपलब्ध गराएको आर्थिक सहयोगको विकासोन्मूख तथा विकासशील देशहरुमा अनुकूलनका कार्यक्रम सञ्चालन गर्न उद्देश्यले सन–२००० मा स्थापना भएको हो । कोषमा ३२ देशका ३२ जना सदस्य छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ