arrow

चीन नेपालमा ‘रेलवे’ निर्माण गर्न तयार, ‘दक्षिण भारतलाई ठूलो पाठ हुने’

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
li-&-oli.jpg.jpeg
काठमाडौं । चीनले नेपाललाई रेलवे निर्माणका लागि विचार गर्ने बचन दिएको छ । योसंगै दक्षिण भारतप्रतिको परनिर्भरता कम हुने र व्यापार सम्झौताका लागि एक बृहत अध्ययन सुरु हुने भएको छ । दक्षिण भारतलाई समेत यो ठूलो पाठ हुने समेत छिमेकी चीनको विश्वास छ ।
 
एक हिमाली राष्ट्र भएर चीन र भारतबीचमा विभिन्न संघर्ष र चुनौती सामना गरी लामो समय शासन गरेको शाही सत्तालाई फाल्दै संविधान जारी गरेको तथा शान्ति र स्थिरताको बाटोमा लम्किएको भन्दै चीनले नेपालको खुलेर प्रशंसा गरेको छ । चीनको औपचारिक भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चीनिया समकक्षी ली खछ्याङले बेइजिङस्थित ‘ग्रेट हल अफ दि पिपुलमा’ द्विपक्षिय सम्बन्ध विस्तार तथा विभिन्न व्यापार सम्झौताबारेमा बताए पनि संवाददाताहरुलाई भने आफ्नो 'विशेष मिसन' का बारेमा भने ‌ओलीले खुलाएनन । 
 
चीनिँया विदेश मन्त्रालयका एसिया उप–प्रमुखले भने, ‘ओलीले दुई रेलवेको सम्भावना झिके, नेपाल–चीन सीमापारी सम्म नेपालका सवैभन्दा महत्वपूर्ण शहर मध्य मुख्य तीन र अन्य दुई सहर जोड्ने गरी रेलवे बन्नु पर्दछ ।’ चीनले तिब्बती शहरबाट चाइनाको सिंगात्से देखि रसुवाको केरुङ सम्म रेलवे विस्तारको योजना बनाइरहेको छ ।
 
नेपालको रेल विभागले समेत रेलवेबारे सम्भाव्यता अध्ययन सुरु गरेको छ । केरुङबाट अर्को लामो दुरीको रेलवे विस्तार योजना समेत छ । उप–प्रमुखले भने, ‘यसमा भोगोलिक कठिनाईको शर्त छ, वित्तीय क्षमतामा निर्भर छ, हाम्रो विचारमा भविष्यमा दुबै देशलाई रेलवेले जोड्ने प्रयास जारी रहने छ ।’ दुई देशबीच १० महत्वपूर्ण सम्झौता भएका छन् । जसमा पोखरा क्षेत्रीय विमानस्थलमा सहुलियत ऋणको सम्झौता समेत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ