arrow

शंकरदेव क्याम्पसमा फेरि झडप

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
npu-flag.jpg.jpeg
काठमाडौं । पुतलीसडकस्थित शंकरदेव क्याम्पमा नेपाल विद्यार्थी संघका दुई गुटबीच फेरि झडप भएको छ । दुई दिन अघि भएको झडपको विषयलाई लिएर  फेरि झडप भएको हो । झडपमा शंकरदेव क्याम्पस स्ववियु सभापति शुभराम बस्नेत निकटका विद्यार्थीले नेविसंघका अर्का नेता कैलाश थापा निकटका एक जना विद्यार्थीलाई कुटपिट गरी घाईते बनाएको प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए । 
 
प्रज्वल भट्टराई नाम गरेका घाइते विद्यार्थीलाई उपचारका लागि अस्पताल लगिएको र कुटपिट गर्ने मध्ये सुशान्त सिंह बस्नेत  र प्रदिप राईलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । पक्राउ पर्नेहरु स्ववियु सभापति शुभराम नजिक हुन् । यसअघि, घाइते भएका स्ववियु सभापति शुभराम भने अस्पतालमै छन् । 
 
यसअघि बुधबार भएको झडप 
पुतलीसडकस्थित शंकरदेव क्याम्पमा नेपाल विद्यार्थी संघका दुई गुटबीच भएको आपसी झडपमा केहि विद्यार्थी घाइते भए । झडपमा स्ववियू सभापति शुभराम बस्नेत गम्भिर घाइते भई अस्पताल भर्ना भएका छन् । इकाई समिति गठनका बिषयमा भएको विबाद बढ्दै हुँदा दुई पक्षबीच झडप भएको हो । झडपमा उत्रिएका दुई समुह दुबै काँग्रेस सभापति शेर बहादुर देउवा निकट हुन । घाइते भएका बस्नेत नेविसंघका नेता नैनसिंह महर र ऋषिकेशजंग शाह निकट हुन । 
 
झडपमा उत्रिएको अर्को पक्ष भने नेविसंघका नेता जीतजंग बस्नेत निकट हुन् । जीतजंग निकट विद्यार्थीहरुले ईकाई समितिले कुनै काम नगरेको भन्दै विद्यार्थीहरुको भेलाबाट कैलाश थापाको अध्यक्षतामा ७५ सदस्यीय नयाँ समिति गठन गरेका थिए। यो प्रकिया शुरु भएपछि क्याम्पसमा विबाद शुरु भएको थियो । 
 
नयाँ ईकाई समिति गठनको प्रक्रिया भइरहँदा स्ववियू सभापति बस्नेतले आक्रमण गरेको नेविसंघका इकाइ समितिका नयाँ अध्यक्ष कैलाश थापाले बताए । दुई वर्षसम्म पनि कुनै काम नगरेको र पार्टी सभापतिको मृत्यूमा शोक पुस्तिका समेत नराखेपछि नयाँ तदर्थ समिति गठन गरिएको थापाले बताए। तर नयाँ समिति गठन गरेर घोषणा गर्न लाग्दा बस्नेतले आक्रमण गरेको थापाले बताए । 
 
अचानक आक्रमण गरेपछि विद्यार्थीफहरुले प्रतिवाद गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। विद्यार्थीहरुले झडपछि बस्नेतको टाउको र मुखमा चोट लागेको छ । उनको अहिले मोडल अस्पत्तालमा उपचार भैरहेको छ ।  बस्नेत समूहले भने आफूहरुमाथि सुनियोजित आक्रमण गरिएको आरोप लगाएका छन। झडपमा अर्का एक विसद्यार्थी पनि घाइते भएका छन् । दुई पक्षबीच भएको झडपलाई प्रहरीले गएर नियन्त्रणमा लिएको थियो। थप झडप हुन नदिन क्याम्पस परीसरमा व्यापक प्रहरी परिचालन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ