arrow

जेट एयरको विमानमा बम भेटिएन, दिल्लीस्थित कार्यालय हुँदै बमको सन्देश काठमाडौं पुग्यो

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
biman-new.jpg.jpeg
काठमाडौं । भारतको दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरण गरेको जेठ एयरको विमानमा बम रहेको हल्ला निराधार भएको बताइएको छ । यात्रु र विमानको चेक जाँच गर्दा केही नभेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए । केसीका अनुसार विमान दिल्लीबाट काठमाडौं आउन ढिलाई भएको थियो । काठमाडौंको मौसम खराव अर्थात तुँवालोले ढाकेपछी अधिकांश उडानहरु डिले भएका प्रवक्ता केसीले बताए ।
 
काठमाडौंको भिजिविलिटी २५ सय मिटर भन्दा मुनि झेरको छ । मौसमले विमान डिले घइरहेकै अवस्थामा बमको हल्ला आएको हो, केसीले भने, ‘सवै सुरक्षा जाँच भइसकेको छ, हाल सम्म केही भेटिएको छैन । विमान आइतबार अपरान्ह ४ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।  
 
जेट एयरवेजको दिल्लीस्थित कार्यालयमा अज्ञात व्यक्तिले फोन गरेर काठमाडौं उडेको विमानमा बम रहेको सन्देश दिएपछी लगत्तै जेट कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खबर गरेकामा बमको हल्ला फैलिएको बताइएको छ ।  विमानस्थलको ‘आइसोलेसन वे’ (विमानमा बम भएपछि छुट्टै राखिने ठाउँ) मै राखेर विमानस्थल सुरक्षाकर्मीमले जहाजको जाँच गरे । विमान जाँचका क्रममा वारुण यन्त्रहरुसमेत तैनाथ पारिएको थियो ।
 
विमानमा चालक दलका सदस्यसहित १ सय ६९ यात्रु थिए । यात्रु र उनीहरुको सामान समेत जाँच गरिएको विमानस्थल प्रहरीले जनाएको छ । यसअघि, केही दिन पहिले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रि विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको नेपाल एयरलाइन्सको विमानमा बम रहेको हल्ला फैलिएपछि उडान नै रद्द भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ