arrow

प्रधानमन्त्री ओली झोंकिए, सीडीओ र एलडीओहरु हेरेको हेर्‍यै

logo
प्रकाशित २०७२ चैत १६ मंगलबार
oli-new-pic.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछीको पुनःनिमार्णको काममा प्रगति हुन नसकेकामा खल्लो महसुस गरेका छन् । भूकम्प पीडित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानिय विकास अधिकारीहरुको भेलामा ओलीले भने, ‘यही कछुवा गति हो भने, पुनःनिर्माणको काम दशकौंसम्म पनि सकिँदैन ।’ पुनःनिर्माण प्राधिकरणको परामर्श र निर्देशक दुवै समितिको अध्यक्ष समेत रहेका ओलीले पुनःनिर्माण अभियानको काममा भइरहेको ढिलाई आफुलाई मन नपरेको सुनाए । 
 
ओलीले  भने, ‘काम नसक्ने प्रवृत्ति अन्य हुनै पर्दछ ।’ ओलीले कटाक्ष गर्दै भने, ‘पुनर्निर्माण नगरे हुने ठाउँमा पुगिन्छ, ता कि सबै कुरा सकिसक्छ । मर्ने मानिस मरि सक्छन् । सिद्धिने मानिस सिद्धीइ सक्छ ।’ प्रधानमन्त्री ओलीले यसो भन्दो भूकम्प पीडित जिल्लाका सीडीओ र एलडीओ ट्वाल्ल परे । 
 
भूकम्पले क्षति गरेको एक वर्ष बित्नलाग्दा समेत काम हुन सकेको छैन, ओलीले थपे, ‘अर्को वैशाख १२ गते आइसक्यो । कारण जे सुकै रहेपनि हाम्रो गति कुछुवाकै छ ।’ महाअभियान सुरु भएको समेत दुई महिना वितिसकेको छ, प्रधानमन्त्री ओलीले भने, ‘एक महिनाभित्रमा गरिनुपर्ने काम एक वर्ष लम्बिएको छ ।’ सोमबारको हावाहुरीले त्रिपाल र टहरा उडाएकोबारे कुरा झिक्दै प्रधानमन्त्री ओलीले यो असाधारण अवस्था हो भने । 
 
भएको त्रिपाल जोगाउन नसकेका हामीले हिउँदको खठ्याग्रिंदो चिसो, हिउँमा रात विताएका पीडितलाई रेस्क्यु गरेनौं । ओलीले सुनाए, ‘बर्खा आउन थालिसक्यो, यही गतिले बर्खामा समेत व्यवस्थापन गर्न नसकिने भयो, यसरी कसरी हुन्छ ? ।’ कसैले रोइकराइ गरेन र गुहार मागेन भन्दै चुप लागेर बस्न मिल्छ ?  
 
गएको माघमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको ‘रानीपोखरीमा पुनःनिर्माण ‘महाअभियान’ घोषणा गरेकी थिइन् । यस्तै, त्यसअघि ओलीले आफ्नो एक महिनाको तलब राखेर म बनाउँछु धरहरा अभियानको समेत सुरुवात गरेका थिए । त्यसबारे समेत पछिल्लो केही जानकारी आएको छैन । ओली काम नभएकामा निकै असन्तुष्ट भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ