arrow

नेपालविरुद्ध खेल्ने नामिवियाको टोली घोषणा, नेपालको केही दिनमा हुने

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
cricket-nepal-&-namibia.jpg.jpeg
काठमाडौं । नेपाल र नामिवियाबीच हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलका लागि नामिवियाले आफ्नो अन्तिम टोलीका खेलाडीहरुको नाम सार्वाजनिक गरेको छ । वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुने खेलकालागि नामिवियाले आफ्नो टोली सार्वजनिक गरेको हो । नेपालले अहिलेसम्म आफ्नो अन्तिम टोलीको नाम सार्वजनिक गरेको छैन ।
 
अन्ति टोली घोषणा हुने तीन–चार दिन लाग्ने प्रतियोगिताको समन्वय गरिरहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले जानकारी दिए । विष्टले कन्सल्टेन्ट एवं पूर्व प्रशिक्षक पुवुदु दासानायके मंगलबार मात्रै आइपुगेकाले केही दिन लाग्ने बताए । नेपाली टोलीका प्रशिक्षक जगत टमाटासंग भने कुरा हुन सकेन । 
 
नामिवियाली टोलीको नामावली
 
स्टेफन बार्ड (कप्तान)
पिकी या फ्रान्स
निकोलस स्कोल्ज
जेजे स्मित
टान्गेनी लुन्गामेनी
क्रिष्टोफर कोम्बे
बर्नार्ड स्कोल्ज
झिवागो ग्रोएनवाल्ड
गेर्हार्ड ईरासमस
गेर्री निमा
जेपि कोत्जे
जेन ग्रीन
लोहान लोरेन्स
सरेल बर्गर
मुख्य प्रशिक्षक :दयानन्द ठाकुर
साहायक प्रशीक्षक : जोर्न कोत्जे
फिटनेस कोच : क्लिनटन हेनरी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ