arrow

नाकाबन्दी मोर्चाको होः उपेन्द्र यादव

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
97929324.jpeg
यादव आचार्य, बर्दिया । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपालमा गरेको नाकावन्दी भारतले नभई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको भन्दै सफाई दिएका छन् । संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाले बर्दियामा गरेको विरोध सभालाई सम्वोधन गर्न आएका यादवले पत्रकार सम्मेलनमा वोल्दै सो अभिव्यक्ती दिएका हुन् ।

पहिला सरकारसँग सम्झौता भएका मधेसका मुद्दा र माग कार्यान्वयन तथा सम्वोधन नभए आन्दोलन चलिरहने वताएका छन् । दीपावली र छठ पछि आन्दोलनलाई अझ शसक्त वनाईने वताउँदै मधेसमा गरिएको आन्दोलनलाई भारतको नाममा भ्रम फैलाईएको उनको आरोप छ ।

नेपालको सीमामा मधेसीमोर्चाले नाकाबन्दी गरेको प्रष्ट पार्दै नेपाली नाकामा भारतले नत नाकाबन्दी गरेको नत नाकाबन्दी खोल्ने भन्दै अध्यक्ष यादवले भारत विरुद्ध भ्रम नफैलाउन आग्रह गरेका छन् । बिरोध सभामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द राय समेतले सभालाई सम्वोधन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ