arrow

हात नभएकी किशोरीलाई सहयोग

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
537329740.jpeg
खोटाङ । जन्मजात दुवै हात नभएकी खोटाङकी एक किशोरीलाई अध्ययन तथा सहज जीवनयापनका लागि आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको दक्षिणी गाविस इन्द्रेणीपोखरी– ३ की १६ वर्षीया सम्झना राईलाई खोटाङ सेवा समाज युकेबाट रु चार लाख ६९ हजार ७६० आर्थिक सहयोग प्राप्त भएको हो । 

खोटाङ क्षेत्र नं २ बाट निर्वाचित सांसद विशाल भट्टराईले सम्झनालाई सो सहयोग रकम सोमबार यहाँ आयोजित कार्यक्रममा हस्तान्तरण गरे ।  शारीरिक रुपमा अपाङ्गता भएकी सम्झनाको उच्च शिक्षा अध्ययन एवम् सहज जीवनयापनका लागि सहयोग रकम उपलब्ध गराएको हो । 

खोटाङ घर भई रोजगारीका सिलसिलामा युकेमा बसोबास गरिरहेका खोटाङ्गेबाट रकम सङ्कलन गरेर सम्झना र आमा सुमिता राईको नाममा रकम जम्मा गरिएको समाजका कोषाध्यक्ष प्रसाद राईले बताए । जन्मजात दुवै हात नभए पनि खुट्टाको सहारामा लेखपढ र घरायसी काम गर्न सक्ने क्षमता भएकी सम्झना भगवती उच्च मावि खोटाङबजारमा कक्षा–९ मा अध्ययनरत छन् । गरिब परिवारमा जन्मिएकी सम्झना परिवारसँगै मावलीले उपलब्ध गराएको जग्गामा डेरा बनाएर बसेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ