arrow

गाली गर्नेलाई रियालको गतिलो जवाफ, बार्सिलोनालाई जित्नै पर्ने दबाब

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
Barcha-&-atletico.jpg.jpeg
एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा वुधबार स्पेनिश क्लब बार्सिलोना सेमिफाइनलका लागि खेल्दै छ । एथ्लेटिको मड्रिडको मैदानमा हुने क्वार्टरफाइनल दोस्रो  लेगको खेलमा बार्सिलोना स्पष्ट जित निकाल्दै सेमिफाइनलमा पुग्ने दाउमा छ । यसअघि, पहिलो लेगको खेलमा बार्सिलोनाले आफ्नै होम टाउनको टोलीविरुद्ध २–१ को जित निकालेको थियो ।
 
स्पेनिश ला लिगामा यी दुवै टोली उपाधी होडमा छन् । बार्सिलोना शीर्ष स्थानमा रहँदा एथ्लेटिको दोस्रो स्थानमा छ । स्पेनिश ला लिगामा उत्कृष्ठ लयमा रहेको बार्सिलोना पछिल्लो समय सेलाएपछि दोस्रो र तेस्रो टोलीलाई अंक दुरी कम गर्न सहयोग पुगेको छ । यस्तै, ला लिगाको तेस्रो स्थानमा रहेको रियाल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगिसकेकाले पनि बार्सालाई यो खेल जित्दै पर्ने दबाब छ । मंगलबार राति भएको दोस्रो लेगको खेलमा रियालका क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरेपछि सेमिफाइन यात्रा तय भयो । रियाल एक गोलको अन्तरले मात्रै जोगियो । रोनाल्डोले रियाललाई अघिल्लो चरण पार गराए । रियाल समग्रमा ३–२ को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनल पुगेको हो । 
 
यो जित संगै रियालले आफुमाथिको आलोचना कम गरेको छ । पहिलो लिगमा जर्मन क्लब उल्फ्सवर्गसंग २–० ले पराजित भएपछि रियालको निकै आलोचना भएको थियो । अझ बार्सिलोना समर्थकहरुले त सामाजिक संजालमा रियालको निकै खिल्ली उडाए । उता, इङ्गलिश क्लव म्यान्चेस्टर सिटी समेत फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेनलाई हराउँदै सेमिफाइनलमा पुगेको छ । 
 
यस्तै, वुधबार पोर्चुगिज क्लब बेनिफिका र जर्मन क्लब बायर्न म्यूनिख सेमिफाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्दै छन् । बेनिफिकाको मैदानमा हुने क्वार्टरफाइनल दोस्रो लेगको खेलमा बायर्नलाई जित्ने लक्ष्यका साथ मैदान उत्रने छ । यद्यपि, पहिलो लेगमा भने बायर्न १–० ले मात्रै विजयी भएकाले बेनिफिकालाई कमजोर आँक्ने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ