arrow

भ्रष्टाचार नियन्त्रण गर्न कम्युनिस्ट पार्टीको आग्रह

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
Communist-Party-of-Nepal.png.png
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले राजनीतिक स्थिरता कायम गर्दै मुलुकमा व्याप्त भ्रष्टाचार, कालोबजारी, महँगी, हत्या र हिंसाको अन्त्य गर्न आग्रह गरेको छ।
 
पार्टीले देश तथा जनताको दीर्घकालीन हितका लागि र नयाँ संविधान कार्यान्वयन गर्नका लागि पनि राष्ट्रका साझा विषयमा सबै सरोकार भएका शक्तिबीचका राष्ट्रिय सहमति कायम गरी अग्रगामी दिशामा अगाडि बढ्न सबै राजनीतिक नेतालाई आग्रह गरेको छ।
 
“नयाँ वर्ष २०७३ मा देशका सम्पूर्ण मजदुर, किसान, महिला, युवा–विद्यार्थी, जनजाति, मधेसी, अल्पसङ्ख्यक तथा लोपोन्मुख जनसमुदायलाई सार्थक सम्मान, समानता, समृद्धिको हकदार बनाउने र सबैलाई समुन्नत तुल्याउने सङ्घर्षले सार्थकता पाओस्”, पार्टीका महासचिव शरणविक्रम मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ