arrow

सशक्त ‘बलिङ’ले नामिवियालाई हराउने रणनीतिमा नेपाल

‘नामिवियालाई बलिङमा च्यापेर व्याटिङले जित्छौं’

logo
चन्द्र धामी,
प्रकाशित २०७३ वैशाख २ बिहिबार
jagat-tamata.jpg.jpeg
काठमाडौं । निकै संघर्षपछि नामिवियाविरुद्धको विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको खेल घरेलु मैदानमै हुँदैछ । खेलका लागि सम्पूर्ण तयारी पूरा भएको र नेपाली टोली तयार रहेको बताइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले आफ्नो प्रत्यक्ष निगरानीमा गर्न लागेको खेल आउँदो शनिबार र सोमबार कीर्तिपुर मैदानमा हुँदैछ । 
 
आइसीसी र एसीसीका प्रतिनिधीहरुले आफै खटेर तयारीमा जुटे । अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनु पर्ने सुरक्षाको अभ्यास एक महिना अघिनै सुरु भएको बताइएको छ । खेल मैदान, खेलाडी छनोट पूरा भइसकेको छ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेटसंघ क्यान सीइओले सहयोगिको भूमिका खेलिरहेका र सबै व्यवस्था आइसीसी र एसीसीकै प्रतिनीधिहरुले गरिरहेको राखेप सदस्य सचिव केशव कुमार विष्टका प्रेस संयोजक रोहित दाहालले जानकारी दिए । 
 
अवश्य हामी नै खेल जित्छौं : प्रशिक्षक टमाटा 
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले नामिवियाविरुद्धको विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको खेल आफुहरुले नै जित्ने जिकिर गरेका छन् । हाम्राकुरासंग नयाँ वर्षको दिन (वुधबार) टमाटाले भने, ‘डेफिनेट्ली नेपाली टोलीले नै खेल जित्छ ।’ कीर्तिपुर मैदान स्पिनमैत्री भएकाले शक्ति गौचन, बसन्त रेग्मी स्पिनर र यु–१९ मा ह्याट्रिक गरेका लेग स्पिनर सन्दीप लामिछाने टोलीमा रहेकाले बलिङले नै नामिवियालाई दबाबमा राख्ने टमाटाको भनाई छ ।    
 
जित्ने मूल आधार ? 
टमाटाले भनेका छन्, ‘जित हारको विषय भन्दा पनि हामी राम्रो खेल पस्किन्छौं, राम्रो क्रिकेट खेल्नु भनेकै जित्ने मूल आधार हो ।’ जसका लागि नेपाली खेलाडी तयार छन् । घरेलु मैदान, घरेलु समर्थक अर्को सपोर्ट हो, उनले थपे, ‘घरेलु मैदानमा स्वभाविकै रुपमा वातावरण फरक हुन्छ, मैदानको टेक्निकल पार्टले समेत साथ दिन्छ, हाम्रा व्याट्सम्यान र बलर दुबैले राम्ररी चिनेको मैदान हो कीर्तिपुर ।’ पाहुना टोलीलाई मनोवैज्ञानिक दबाब समेत हुन्छ । नयाँ ठाउँमा अफ्ठेरो स्वभाविकै हुन्छ । यी विभिन्न तपसीलका कुरा भए पनि मूख्य आधार हामी राम्रो क्रिकेट खेल्छौं भन्ने आत्म विश्वास नै हो । 
 
नेपालको बलियो पक्ष के ? 
नेपाली टोलीको बलियो पक्ष बलिङ रहेको टमाटाले बताए । उनले भने, ‘हाम्रो बलिङ सशक्त छ, व्याटिङ् पनि राम्रै हो ।’ नामिवियाली टोलीले १५–२० हजार दर्शक सामुन्ने हाल सम्म नखेलेको बताउँदै टमाटाले भने, ‘हाम्रो टोलीले कयौं पटक बढी क्राउडको अघि खेलिसकेको छ, हामीले बलिङमा च्यापेर व्याटिङले जित्ने हो, डेफिनेट्ली जित्छौं पनि ।’ हामी नामिवियालाई बलिङमै खास दबाब दिन्छौं । 
 
नामिवियाका खेलाडी पाका र अनुभवि छन् नी ? 
नेपाली टोली प्रशिक्षक टमाटाले नामिवियाका खेलाडी अनुभवि र उमेरले पाका भएर केही फरक नपर्ने बताए । उनले भने, ‘हाम्रा खेलाडी पनि अनुभवि छन्, १४, १५ वर्ष क्रिकेट खेलिसकेका खेलाडीहरु हाम्रो टोलीमा छन् ।’ व्याट्सम्यान र बलर उत्तिकै अनुभवि छन् । बलिङ राम्रो छ । टिम व्यालेन्स छ । टमाटाले नामिवियाली टोलीमा व्यालेन्स र अनुभव नरहेको बताउँदै उमेर बढी भएर मात्रै अनुभवि भन्न नमिल्ने धारणा राखे ।  
 
नामिविया कसरी हुन्छ प्रेसरमा ? 
टमाटाका अनुसार नामिविया नयाँ ठाउँ, बढी दर्शक र अनुभवका आधारमा दबाबमा हुन्छ । नेपाली खेलाडी भरपुर तयारीमा छन् । कुनै थकान पनि छैन । उनले भने, ‘नामिविया अफगानिस्तानसंगको कन्टिनेन्टल कप खेलेर आउने भएकाले तत्काल थकान र मानसिक तनाव हुन्छ, शारिरीक र मानसिक रुपमा तयार हुने समय कम हुन्छ, जसका कारण प्रेसर रहन्छ ।’ अर्कोतिर अफगानिस्तानसंग हारेको प्रेसर पनि नामिवियालाई छ । टमाटाले भने, ‘नेपालले तत्काल कुनै प्रतियोगिता नखेलेपनि तयारी राम्रो भएकै कारण जित्छ ।’ नामिवियाले चार दिवसीय अन्तर्राष्ट्रिय कन्टिनेन्टल कपमा अफगानिस्तान संग इनिङ र ३६ रनले पराजय व्यहोरेको छ । यही अप्रिल १० देखि १३ सम्म भएको खेलमा नामिविया सम्हालिन नसक्दा पराजित भएको हो । 
 
परामर्शदाता एवं पूर्व प्रशिक्षक पुवुदु के भन्छन् ? 
नामिवियाविरुद्धको खेलमा प्रमुख परामर्शदाता प्रशिक्षकको रुपमा नेपाल आएका पुवुदु दासानायकेले मैदान स्पिनमैत्री रहेकाले स्पिन बलरहरुले केही गर्न सक्ने बताएका छन् । उनका अनुसार व्याटिङमा ओपनिङ ज्ञानेन्द्र मल्ल र नरेश बुढा ऐरले गर्ने छन् । सुवास खकुरेल र अनिल मण्डल घाइते भएकै कारण टोलीमा नपरेकाले ज्ञानेन्द्र र नरेश ओपनिङ गर्न सक्ने बताइएको छ । 
 
किपर राजु रिजाल वा विनोद भण्डारी रहन सक्ने संकेत दासानायकेले दिएका छन् । बलिङतर्फ फास्ट बलर सोमपाल कामीले पूरा खेल्न सक्ने छन् भने, स्पिनमा शक्ति गौचन, बसन्त रेग्मी र लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ