arrow

भारतीय गाडीसहित अछाम पुगेका पाँच भारतीय प्रहरी पक्राउ, चालक समेत भारतकै (नामावलीसहित)

पक्राउ पर्ने एक प्रहरी निरीक्षक (इन्सपेक्टर), एक एक प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) र दुई हवल्दार

logo
प्रकाशित २०७३ वैशाख १२ आइतबार
indian-police.jpg.jpeg
अछाम । भारतीय नम्बर प्लेटको गाडीसहित अछाम पुगेका पाँच भारतीय सुरक्षाकर्मी पक्राउ परेका छन् । कन्चनपुरको गौडाचौकी नाकाबाट अछाम पुगेको टोलीलाई चौखुट्टै प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा एक भारतीय प्रहरी निरीक्षक (इन्सपेक्टर), एक एक प्रहरी नायब निरीक्षक (सई) र  प्रहरी सहायक निरीक्षक (असई) र दुई हवल्दार छन् । उनीहरु भारतीय नम्बर प्लेटको बीपी १३ एच ००५९ नम्बरको गाडी सहित नियन्त्रणमा परे । 
 
डाेटी-अछाम सीमामा रहेकाे चौखुट्टे प्रहरी चौकी ब्याेलमा रोक्न खोज्दा उनीहरु गाडी दौडाएर सात किलोमिटर टाढा अछामको सिउँडी गाविस पुगेका चाैखु ट्टे प्रहरी इन्चार्ज प्रहरी सहायक निरीक्षक तेजबहादुर खड्काले हाम्रा कुरालाई बताए । पक्राउ पर्नेमा इन्सपेक्टर रोशन लाल, सई सशि कपूर, असई जसपाल सिंह र दवल्दार द्वय सभास चन्द र जनरल सिंह छन् । उनीहरुको गाडी चालक समेत भातकै गंगादीप शर्मा थिए ।
 
बाटो देखाउने भने अछाम सिउँडी गाविस ५ मटेनाका रामबहादुर साउँद थिए । भारतीय सुरक्षाकर्मी सादा पोशाकमा रहेपनि बर्दी गाडीको भित्रै झुण्ड्याएको देखेको चौखुट्टे प्रहरी इन्चार्ज खड्काले सुनाए । हतियार भने आफुहरुले नभेट्टाएको उनले बताएका छन् । चौखुट्टे ब्यारेलमा भारतीय नम्बर प्लेटको गाडी देख्ने वित्तिकै आफुले रोक्न खोज्दा उनीहरु सिउँडीको बाटो हुँईकिएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयसंग समन्वय गर्दा पक्राउ गर्न भनिएपछि आफुहरु सिउँडी पुगेको खड्काको भनाई छ ।
 
कच्ची बाटो भएकाले पक्राउ गर्न सजिलो भएको खड्काले जानकारी दिए । खड्कासंग हवल्दार तीर्थराज भाट समेत पक्राउका लागि सिउँडी पुगे । पक्राउ पछि उनीहरुलाई डोटी प्रहरीको जिम्मा लगाएको  र उनीहरुले भारतमा भएको हत्यामा संलग्नहरुलाई खोज्न गाउँ आएको बयान दिएका खड्काले हाम्राकुरालाई जानकारी दिए ।  हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल आउजाउ गर्न पाउँदैन । खड्काले गुनासो गर्दै भने, ‘तीन वटा जिल्ला पार गरेर अछाम पुगेकाहरुलाई पक्राउ गर्दा उल्टै अपजस सहनु परेको छ ।’ हामी दुई जनाले आफ्नो कर्तव्य निभाएर डोटीका प्रहरी निरीक्षको टोलीलाई बुझाएका छौं । पक्राउ परेकाहरुलाई कैलाली पठाइएको डोटी प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ