arrow

समाचार प्रभावः बुटवलमा अवज्ञा हुँदै आएको लकडाउनमा कडाइ

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख २४ बुधबार
lockdown.PNG

रुपन्देही । प्रदेश– ५ को अस्थायी मुकाम बुटवलमा केही साता खुकुलो हुँदै आएको लकडाउन बुधवार (आज) देखि विभिन्न स्थानहरुमा प्रहरीले चेकजाँचलाई कडाई गरेको पाईएको छ । 

तर यता बुटवल उप–महानगरपालिका द्धारा स्थानीय वासीहरुको दैनिक उपभोग्य जस्तुहरुको खरिदविक्रिलाई सहजता वनाउने भन्दै हरेक दिन विहान ८ वजे देखि साँझ ५ वजे सम्म किराना तथा खाद्य सामाग्रीका पसलहरु खुल्ला राख्ने नियम ल्याएपछि पछिल्लो समय बुटवल वजारमा दैनिकजसो मानिसहरुको आवागमन वाक्लिदै गएको थियो ।

यसैविच मंगलवार (हिजो) हाम्रा कुरा डट कममा प्रकाशित “प्रशासनको गैरजिम्मेवारीले बुटवलमा कोरोनाको खतरा, पटके बजार अव्यवस्थित” शिर्षकमा समाचार वाहिरिएपछि बुधवार बुटवलको नेपालगंज स्थित पुष्पलाल पार्क नजिक, नयाँ वसपार्क र राजमार्ग चौराहका तिन ठाउँमा प्रहरीले चेकजाँचलाई कडा पारेको छ । 

सो क्रममा एक प्रहरी जवानले भने, स्थानीय सरकारले नियम केही खुकुलो गराईदिएपछि अहिले प्रहरी प्रशासनले भनाई खानु परेको दुखेसो पाख्दै यदी प्रहरीलाई जिम्मेवारी दिएमा यसरी कोरोना भाईरसको जोखिम वढ्ने गरी बुटवलमा वढेको अनाआवश्यक आवतजावत र भिडलाई सजिलै नियन्त्रण गर्न सकिने वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ