arrow

अमिताभको खरो अभिनय रहेको चलचित्र ‘तीन’ को ट्रेलर सार्वजनिक ( ट्रेलर सहित )

logo
प्रकाशित २०७३ वैशाख २४ शुक्रबार
Amitabh-Nawazuddin-Still-from-Movie-Te3n.jpg.jpeg
एजेन्सी । अमिताभको खरो अभिनय रहेको चलचित्र ‘तीन’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा अमिताभ बच्चन, विद्या बालन र नवाजुद्दिन सिद्दिकी मुख्य भूमिकामा रहेका छन् ।
 
 अभिनयमा अमिताभ बच्चनले जति राष्ट्रीय पुरस्कार पाउने बलिउडमा कोहि नहोला । बच्चनले हाल सम्म अभिनयमा ५ राष्ट्रीय पुरस्कार पाएका छन् । 
 
उनले आफ्नो पहिलो चलचित्र सात हिन्दुस्तानीबाटै बेस्ट डेब्यू एक्टरको राष्ट्रीय पुरस्कार पाएका थिए । त्यस्तै बेस्ट एक्टरको लागि  अमिताभले 'अग्निपथ', 'ब्ल्याक', 'पा' र 'पीकू' मा  राष्ट्रीय पुरस्कार पाए । 
 
अमिताभको ‘तीन’ एक  भावनाप्रधान चलचित्रको रुपमा रहेको छ । जोन (अमिताभ) आफ्नी नातिनीको खोजमा हुन्छन् जो आठ बर्ष पहिले नातिनि एन्जेला अपहरणमा परेर गायब भइन् । तर जोन एन्जेलाको नियायको लागि हार मान्दैनन‍् । 
 
उनी हरेक  दिन प्रहरी चौकि जान्छन् जहां उनको समस्या गम्भीरतापुर्ण नलिइ टार्ने गरिन्छ । जोनलाई फादर मार्टिन (नवाज़ुद्दीन) ले सहयोग गर्छन् जो पूर्व प्रहरी हुन् । उनि प्रहरिको जागिर छाडेर पादरी बनेका हुन्छन्  ।
 
 ८ बर्ष पछि फेरि त्यही किसिमको अपराध पुन हुन्छ । जोन बनेका अमिताभले यस केसलाई आफै जांच गर्छन् । यसै बिच प्रहरी अधिकारी सरिता सरकार (विद्या बालन)को चलचित्रमा प्रवेश हुन्छ । 
 
भारतिय सञ्चार माध्यमका अनुसार अभिताभले सो चलचित्रमा अभिनय गर्न चलचित्रको कथा सुनेर नै मन्जुर भएका थिए । चलचित्र रिभु दासगुप्ताले  निर्देशन गरेका हुन् । चलचित्र १० जुन मा रिलिज हुदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ