arrow

सुविसुको सहयोगमा होटल अन्नपुर्णमा क्लियर टिभी सेवा

logo
प्रकाशित २०७३ जेठ ३ सोमबार
annapurna-and-subishu.jpg.jpeg
काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको ख्यातिप्राप्त पाँचतारे होटल अन्नपूर्णले ग्राहकहरूको सुविधाको लागि गुणस्तरीय टेलिभिजन सेवा प्रदान गर्ने भएको छ । होटलले आफ्नो ग्राहकहरुलाई गुणस्तरीय टिभि हेराईको अनुभव प्रदानगर्न भन्दै नेपालको अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वकीङ सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट (प्रा.) लि सगँ डिजितर टेलिभिजन सेवा ‘क्लियर टिभीको का लागी साझेदारी गरेको होलले जानकारी दिएको छ । 
 
उक्त सेवा प्रदान गर्न होटल अन्नपूर्णका महाप्रबन्धक, अभिनभ राणा र सुबिसु केबलनेट (प्रा.) लि का प्रमुख कार्यकारी अधिकृत, श्री विनय मोहन साउदले संयूक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गगरेका छन् । यस सहकार्यसगैं होटल अन्नपुर्णका सम्पूर्ण कक्षहरुमा सुबिसुको डिजिटल सेवा सहितको टेलिभिजन जडान गरिने छ  जसबाट ग्राहकहरुले फरक र स्तरीय टेलिभिजन सेवाको अनुभव प्राप्त गर्नसक्ने विश्वस होटलले लिएको छ । 
 
यसै सन्दर्भमा होटलका का महा प्रबन्धक अभिनभ राणाले‘डिजिटल टिभी सेबाले होटलका ग्राहकहरुलाई गुणस्तरीय टिभि हेराईको अनुभव प्रदान गर्ने  विश्वास गरे । उनले यस साझेदारीले हाम्रा ग्राहकहरुलाई टिभि र भिडियो सामाग्रीहरुअत्याधुनिक तरिकाले हेर्न सकिने उनको विश्वास थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ