arrow

मिसेस् टप अफ द वल्र्डमा रजनी फोर्थ रनर अप

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1246748157.jpeg
काठमाडौं । टर्कीको अन्तालियामा नोभेम्बर १३ देखि १८ सम्म सम्पन्न ‘मिसेस् टप अफ द वल्र्ड २०१५’ प्रतियोगितामा नेपालका तर्फबाट सहभागि भएकी रजनी थापाले फोर्थ रनर अपको उपाधि जितेकी छिन् । उनले प्रतियोगिमा मिसेस् डायमण्ड टप अफ द वल्र्डको अवार्ड पनि जितिन् । भएकी छिन् । 

ई प्लानेटको आयोजनामा सम्पन्न दोस्रो संस्करणको मिसेस्् नेपाल प्रतियोगिताकी विजेता रजनी थापाले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको यो चौथो अवसर हो । योसहित रजनीले चारवटै अवसरमा सफलताको स्वाद चाख्न सफल रहिन् । यस अघि रजनीले ‘मिसेस् ग्लोब २०१३’ मा नेपालको तर्फबाट सहभागिता जनाएकी उनले ‘मिसेस् फिलेन्थ्रोपी’ विधाको अवार्ड जित्न सफल भएकी थिइन् । यसै गरी मिसेस् युनिभर्स २०१४ मा ब्युटिफुल लेडीको अवार्ड जितेकी रजनीले मिसेस् ग्लोब २०१४मा लिडर अफ द इयरको अवार्ड जित्न सफल भएकी हुन् । ई प्लानेटको संयोजन र सहकार्यमा मिसेस् टप अफ द वल्र्डमा सहभागि भएकी रजनी सन् २०१३ देखि सामाजिक संस्था रक्षा नेपालका सद्भावना दूत समेत रहेकी छिन् ।

दुई दर्जन भन्दा बढी विवाहित सुन्दरीहरुको सहभागिता रहेको मिसेस् टप अफ द वल्र्ड २०१५को उपाथि भने बुल्गेरियाकी गालेना डिमोभाले चुमेकी छिन् । यसैगरी फस्ट रनर अप तर्फ कोलम्बीयाकी माल्का डेनेभिस, अजरवैजानकी तेहेराना बाह्रुजी सेकेन्ड रनर अप तथा साइबेरियाकी नस्तास्जा आभ्याजोभा थर्ड रनर अप विजेता चयन भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ