arrow

बिभिन्न ठाउँको टावरमा भएको भौतिक आक्रमणप्रति एनसेल स्तब्ध

logo
प्रकाशित २०७३ जेठ ३० आइतबार
ncell.jpg.jpeg
काठमाडौं । मोवाइल सेवाप्रदाय कम्पनी एनसेलले सल्यान, दाङ्ग, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ्ग, बाग्लुङ्ग र गोर्खा जिल्लामा रहेकाकम्पनीको १० वटा बेस स्टेसनमा केही अज्ञात समूहले जेठ २९ गते बिहान आगो लगाई दूरसंचार पुर्वाधारमा भौतिक क्षति पुर्‍याएको घटनाले आफू स्तब्ध र दुःखीभएको जनाएको छ ।
 
यि क्षति पुर्‍याईएका संरचनाले ति जिल्लाका ग्रामिण क्षेत्रमा जनसमुदायलाई आधारभूत तथा आकस्मिक संचार सेवा प्रदान गरिरहेका थिए । यिनमा क्षति पुग्नाले यि जिल्लाका ग्रामिण क्षेत्रका करिब २ लाख ५० हजार ग्राहकलाई प्रत्यक्ष रुपमा र अन्य ठाउँबाट त्यहाँ रहेका आफन्तसँग सम्पर्क गर्ने थुप्रै व्यक्तिहरुलाई संचार विहिन बनाएको छ । यसले नागरिकको संचारमा पहुँच तथा प्रयोगको आधारभूत अधिकार कुण्ठित हुनपुगेको जनाएको छ । 
 
“जनसमुदायलाई संचार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्वपूर्ण मोवाईल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भिर अपराध हो । एनसेल सम्बद्ध सबैलाई यस्तो कार्य नगर्न नगराउन हार्दिक अनुरोध गर्दछ,” एनसेलका सुरक्षानिर्देशक महेन्द्र भट्टचनले भने । 
 
साथै, अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाको रुपमा लिएको संचार सेवाको निर्वाध संचालनका लागि सहयोग गर्न सम्बन्धित सबै निकायमा एनसेलले अनुरोध गरेको छ ।  
 
“हामीक्षतिको विवरण प्राप्तगर्ने क्रममा रहेका छौं, त्यसैले के कति क्षति भयो भन्ने यकिन भईसकेको छैन,”भट्टचनले भने । 
 
यस अप्रत्यासित घटनाबाट सेवा अवरुद्ध भई ग्राहकहरुमा पर्न गएको असुविधा प्रति एनसेलले क्षमामागेको छ । यथासक्य छिटो नेटवर्क पुनस्र्थपना गरी सेवा सुचारु गर्न कम्पनी प्रयत्नशिल रहेको जनाउँदै, एनसेलले ग्राहकमा धैर्य तथा सहयोगका लागि आवह्वान समेत गरेको छ । 
 
“साथै हामीआफ्ना १ करोड ४० लाखभन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्न सक्ने यस्ता दुर्घटना प्रति चनाखो रहन सबैलाई अनुरोध गर्दछौं,” एनसेलकाकर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ