arrow

मनिषाले भनिन् –नेपाल अरु देशको खेल्ने मैदान नबनोस्

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
manisha.JPG

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपाल अरु कुनै पनि देशको खेल्ने मैदान नबनोस् भनी कामना गरेकी छिन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत नेपाल अरु देशको इच्छाअनुसार खेल्ने मैदान बन्न नहुनेमा जोड दिएकी हुन् । मनिषाले विदेशीहरुले खेलेकै कारण कयौं देशहरु असफल भएका उदाहरणहरु रहेको समेत बताएकी छिन् । 

विदेशीको इशारामा नेपाली राजनीति चलिरहेको सन्दर्भमा मनिषाले उक्त विचार व्यक्त गरेकी हुन् । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमोदन गरेको तिब्वत नीति र समर्थन ऐन २०२० सम्बन्धी नयाँ कानूनमा नेपालसमेत प्रभावित पर्ने देखिएपछि मनिषाले नेपालले कुनै पनि देशलाई खेल्ने मैदानका रुपमा प्रयोग गर्न दिन नहुने राय राखेकी हुन् । 

सो कानुनमा दलाई लामाको उत्तराधिकारी घोषणा गर्नेदेखि तिब्बती समुदायको आर्थिक र सामाजिक अधिकारको विषय समावेश रहेका छन् । यसको बाछिटा नेपालसम्मै पर्ने देखिएको छ । लामो समयदेखि तिब्बती शरणार्थीहरु नेपालमा बसिरहेको अवस्थामा मनिषाले नीति निर्माताहरुलाई सचेत गराएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ