arrow

‘एक थोपा पानी खाएर बाँचिन्छ, तर राष्ट्रिय स्वाभिमान बेचिन्न’

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1164930612.jpeg
भक्तपुर। विज्ञान तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले वर्तमान सङ्कटमा देशको राष्ट्रिय स्वाभिमान बेचिने गरी कुनै सम्झौता नहुने बताएका छन् । सिवर्ड इन्टरनेसनल कलेज, ठिमीले यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले राष्ट्र, राष्ट्रियता, देशको स्वाधीनता र सार्वभौमिकतामा आँच आउने कुनै पनि कुरामा सरकारले सम्झौता नगर्ने बताए । “हिमालबाट आएको एक थोपा पानी खाएर पनि बाँच्न चाहन्छौँ तर राष्ट्रिय स्वाधीनता बेच्न चाहदैनौं र बेच्दैनौं”–मन्त्री पासवानले भने, “राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै हामी हाम्रो देशभित्रको समस्या समाधान गर्छौ, यसमा सरकार लागिरहेको छ ।” 

अब सबै नेपालीले घर घरमा साइकल चलाउने र घरघरमा धुँवारहित चुलोको प्रयोग गर्ने अभियान चलाउनुपर्नेमा जोड दिँदै मन्त्री पासवानले घर घरमा सौर्यऊर्जाको व्यवस्था गरेर उज्यालोमैत्री शिक्षाको व्यवस्था गर्न सरकार लागिपरेको बताए । उनले आफ्नो मन्त्रालयले विज्ञान, प्रविधि र वातावरण शिक्षामा विद्यावारिधि गर्न विदेश जानेलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न लागेको जानकारी पनि गराए । 

उनले आन्दोलनरत मधेसकेन्द्रित दललाई लक्ष्य गर्दै भने, “वार्तामा बसेर समस्याको समाधान खोजौँ, तर वार्तामा नबस्ने र सधैँ जनतालाई दुःख दिने काम अति भयो भने तपाईँहरुको मति बिगे्रको सावित हुनेछ, हाम्रो होइन ।”  सो अवसरमा उत्कृष्ट विद्यार्थी दीपेन्द्र थापा, सन्जुपिला श्रेष्ठ, अन्य विद्यार्थी दीक्षा बाँस्कोटा, रीना महतो र कलेजका पूर्वविद्यार्थी जिना प्रजापति, मीरा प्रजापति, जिनु प्रजापति र अनामिका प्रजापति तथा गायक अविनाश घिसिङलाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ