arrow

नेपाली जनसम्पर्क समिति जापानको अधिवेशनको मिति तय

logo
विश्वबन्दु भण्डारी,
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
Nepali-Japan.jpg.jpeg
जापान । नेपाली जनसम्पर्क समिती जापानको छैठौ केन्द्रिय अधिबेशन अगस्ट १४ मा हुने भएको छ । नागोयामा बसेको बर्तमान अधिबेसन आयोजक समिती ,काउन्सिल सदस्य, क्षेत्रीय सभापती, जनसम्पर्क निकट शुभेच्छुकहरु लगायतको बिषेश भेलाले आउदो अगस्ट १४ मा अधिबेशन गर्ने निर्णय गरेको हो।
 
क्रमस १४ तारीखमा अधिवेशन सभा, अगस्ट २१ मा निर्वाचन र मत गणना पश्चात २४ तारीखमा घोषणा सभा गर्ने निर्णय नारायण सुबेदीको सभापतित्वमा बसेको बैठकले गरेको प्रचारप्रचार समिती सदस्य यदुराम सापकोटाले जानकारी दिए । भेलाले निर्वाचनका लागि महेश श्रेष्ठको संयोजकत्वमा बिनोद खनाल र आनन्द प्रसाद क्षेत्री सदस्य रहेको ३ सदस्यीय कमिटी बनाएको छ। बिधान निर्माण समिती बर्तमान उपसभापति डण्डपानी कडेल(डिपी) को संयोजकत्वमा क्रमश सुबास लोहनी, बलराम श्रेष्ठ, रामजँग कार्की, रेशम डंगोल, महेश श्रेष्ठ, पिताम्बर चापागाई, पासाङ शेर्पा, भुपीगोबिन्द श्रेष्ठ, रामकृष्ण बम मल्ल , डा हरेराम अर्याल लगायतको ११ सदस्यीय समिती बनाएको छ। प्रचार(प्रसार को लागि महामन्त्री राजेन्द्र जमर्कट्टेलको संयोजकत्वमा प्रबक्ता रामशरण रेग्मी रहनेगरी यदुराम सापकोटा ,सुरेस गिरी, राजबिन थापा, बिश्वबन्धु भण्डारी सहितको समिती बनेको छ।
 
अतिथी सत्कारको लागि, सभापती नारायण सुबेदी, महामन्त्री जमर्कट्टेल, बलराम श्रेष्ठ, महासमिती सदस्य तथा महाधिवेशन प्रतीनिधी, काउन्सिल सदस्यहरुलाई जिम्मा दिईएको छ। त्यस्तै आर्थीक ब्यबस्थापन समिती कोषाध्यक्ष पेम्बा लामाको संयोजकत्वमा सहकोषाध्यक्ष ऋषीराम कडेल, सदस्यहरु बाबुराम सापकोटा, तुलसीराम खरेल, आत्मराम गैरे, हरि कडेल लगायत सदस्य रहने गरी गठन गरिएको छ । स्वयमसेवकको भुमिकामा कान्तो क्षेत्रीय कमिटीले संयोजन गर्ने गरी ८ वटा क्षेत्रीय संयोजकलाई जिम्मा दिने र सबै जनसम्पर्क निकट सदस्यहरुलाई खटेर लाग्न भेलाले आग्रह गरेको छ।
 
अधिवेशनको मिती घोषणासँगै जापानमा रहेका कांग्रेसका कार्यकर्तामा अधिवेशनको रौनक देखीएको छ । आफ्नो पक्षमा भोट तान्न आकांक्षीहरु लागीसकेका छन्।यही जुन २६ तारीकमा कान्तो अधिवेशनको मिती तोकीएकोले कान्तो अधिवेशनलाई आफ्नो पक्षमा पार्न पनि उमेदवारका आकांक्षीहरु लागिरहेका छन्। आगामी अधिवेशनबाट सभापती, महामन्त्री र कोषाध्यक्ष सहीत सभापती ले ६ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने गरी समिती बन्नेछ। ३ जना उपाध्यक्ष ,प्रबक्ता र २ जना सहमहामन्त्री भने निर्वाचीत २२ जना निर्वाचीत सदस्यबाट सभापतीले मनोनीत गर्ने बिधानमा उल्लेख भएको केन्द्रीय सदस्य जीवन खड्काले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ