arrow

यसकारण दिए संचार मन्त्रीका प्रेस सल्लाहकार पौडेलले राजीनामा

‘मन्त्रीसंग कुनै असन्तोष छैन’

logo
प्रकाशित २०७३ असार ९ बिहिबार
matrika-paudel-new-1.jpg.jpeg
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार मातृका पौडेलले राजीनामा दिएका छन् । सरकारले हालै जारी गरेको अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिकाबारे चर्को विवाद भएपछि उनले राजीनामा दिएका हुन् । 
 
निर्देशिका निर्माणका लागि पौडेलले सल्लाह दिएको भन्दै विभिन्न चर्चा हुने थालेपछि राजीनामा दिएको बताइएपनि त्यसो नभई राजीनामाको कारण आफुलाई निर्देशिकाबारे निर्णय लिनुअघि नसोध्नु रहेको उनले बताएका छन् । 
 
उनले हाम्राकुरासंग भने, ‘कारण निर्देशिकामा मेरो असहमति रहनु नै हो । सल्लाह भएन, प्रक्रिया व्युरोक्रेटिक भयो, राजनीतिक इन्भल्वमेन्ट भएन ।’ मन्त्रीसंग खटपट भो रे नी त ? जवाफमा उनले भने, ‘मन्त्रीसंग मेरो कुनै असहमति छैन, मन्त्री ज्यूको पनि कुनै असन्तोष छैन, अहिले पनि राम्रो छ । मेरो उद्देश्य नै उहाँलाई जसरी हुन्छ सफल बनाउनु थियो । फेरि पनि सम्बन्ध त त्यस्तै रहिरहन्छ ।’
 
पत्रकारहरु चिडाएको बारे बोल्दै पौडेलले आफ्नो र अन्य साथीहरुको एउटै धारणा रहेको सुनाए । उनले थपे, ‘पत्रकार महासंघका साथीहरु र मेरो फरक स्प्रिड भन्ने होइन, मेरो र पत्रकार महासंघको धारणा एउटै हो ।’ पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका पौडेलले पत्रकार महासंघसंगको राजनीतिक तिक्तता होइन–भने ।     
 
पौडेल गएको वर्ष पुस २२ गते सञ्चारमन्त्री शेरधन राईको सल्लाहकार नियुक्त भएका थिए । पौडेल खिलराज रेग्मी मन्त्रीपरिषद्को अध्यक्ष हुँदा सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलका पनि सल्लाहकार थिए । गत जेठ ३१ गते बसेको मन्त्रीपरिषदको बैठकले अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ जारी गरेको थियो । 
 
निर्देशिकाको व्यवस्था संविधान विपरित रहेको भन्दै चौतर्फी विरोध भएको छ । संविधानको धारा १९ (२) मा कुनै श्रव्य, श्रव्यदृश्य तथा समाचार प्रकाशन, प्रसारण गर्ने सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज गर्न नपाइने व्यवस्था निर्देशिकामा छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ