arrow

बलिउड फिल्म निर्माता कुन्दरलाई नेपाली चलचित्रको कथा चोरेको आरोप

logo
प्रकाशित २०७३ असार ११ शनिबार
Bob_Kriti.jpg.jpeg
काठमाडौं। बलिउडका फिल्म निर्माता शिरिष कुन्दरले नेपाली 'सर्ट मुभी' बबबाट कथाको प्लट चोरेको आरोप बबका निर्देशक अनिल न्यौपानेले लगाएका छन्। 
 
'बब' का निर्देशक अनिलले आफ्नो फेसबुक पोष्टमा शिरिष कुन्दरलाई आफ्नो चलचित्रको कथाको प्लट चोरेको आरोप लगाएका छन्। 
 
अनिलले फेसबुकमा लेखेका छन् 'म कृती हेर्दै थिएं अगाडीका केही दृश्यहरु मिलेको जस्तो लाग्यो र सोचे यो संयोग मात्र हो तर बिस्तारै कथा बढ्दै जाँदा छक्क परें , पुरै कथा मिल्छ।' अनिलले आफुले न्याय खोजेको बताएका छन्। 
 
कुन्दरले यो चोरीको कुरालाई नकारेका छन्। 
 
दुवै चलचित्र मानसिक रोगका बारेमा रहेको छ र कथा शुरु हुने बेलामा दृश्यहरु पनि मिलेका छन्। कथा बिस्तारै बढ्दै जाँदा कथाको कन्सेप्ट मिलेको छ। युट्युबमा रिलिज गरिएको दुवै चलचित्रमा अनिलको 'बब' पहिले रिलिज भएको हो। कुन्दर बलिउडकी चर्चीत कोरियोग्राफर फराह खानका श्रीमान हुन्। 
 
१२ मई २०१६मा अनिलको 'बब' रिलिज गरिएको हो भने कुन्दरको चलचित्र 'कृती' २२ जुन २०१६मा रिलिज भएको हो।भारतीय मिडियाहरुमा उक्त समाचारले हलचल मचचाएको छ।  
 
दुवै चलचित्रको भिडियो तल दिईएको छ। पाठक-दर्शक आफैले हेरेर निर्णय गर्न सक्ने छन्। 
 
बब: 

 
कृती

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ