arrow

पहिरो खस्दा बिहानैदेखि सडक अवरुद्ध

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
muglin_nGhat_road.jpg.jpeg
रत्ननगर (चितवन) । चितवनको अति व्यस्त हुने मुग्लिन नारायणगढ सडकमा पहिरोका कारण यात्रुले दैनिक सास्ती भोग्दै आएका छन् ।  आज बिहानै ५ बजे खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । 
 
उक्त सडकको ९ किलो, ४ किलो भन्ने स्थान र सेतीदोभानमा पहिरो खसेर बिहानैदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  प्रहरीका अनुसार अहिले डोजर र लोडरसहित प्रहरी टोली पहिरोग्रस्त क्षेत्रमा खटाइएको छ ।  चितवनमा अहिले पनि वर्षा जारी भएकाले पहिरो पन्छाउन समस्या परिरहेको र थप पहिरो आउने सम्भावना रहेको प्रहरीले जनाएको छ । 
 
सडक बन्द भएपछि चितवनबाट काठमाडौँ, पोखरालगायत क्षेत्र आवतजावत गर्ने सवारीबीचमै रोकिएका छन् । यहाँ दैनिक सात हजार बढी सवारी गुड्छन् । उक्त सडक विस्तारको क्रममा विभिन्न क्षेत्रमा खनेकाले सानो पानी पर्दा समेत पहिरो खस्दै आएको छ ।  आइतबार बिहान पहिरोका कारण ६ घन्टा गाडी रोकिएर यात्रुलाई सास्ती परेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ