arrow

राजापुरमा थारु युवा दस्ताद्वारा लाठीसहित प्रदर्शन

logo
लक्ष्मण ढुंगाना,
प्रकाशित २०७२ असोज २० बुधबार

बर्दिया। राजापुरमा थरुहटले थारु युवा दस्ता प्रदर्शन गरेको छ। लाठी लिएका हजारौँ संख्यामा रहेका थारुहरुले र्याली प्रर्दशन गरी राजापुर बजारको दक्षिण चौकमा कोणसभा गरेका थिए। सभालाई वार्ता समितिका सदस्य मिन राज थारुले यो संविधानलाई कुनै पनि हालतमा मान्न तयार नरहेको बताउँदै अहिलेको संविधान नेपाली जनताहरुको अधिकार विरोधी रहेको बताए। 'अब हामी हाम्रो राज्य सत्ता चलाउन सक्ने, हाम्रो सुरक्षा आफै गर्न तयार रहेका छौ। उनले भने हामीले कुनै जातीय सम्प्रदाय नभई हाम्रो अधिकार मागेका हौ।

सयुक्त थारु संघर्ष समिति बर्दिया क्षेत्र नं.४ का संयोजक दिपेश थारुले आफूहरुलाई दमन गरेर दास बनाउन खाजेको बताउँदै अहिले लाठी मात्रै लिएर आएको पनि भोलिका दिनमा सबै कार्यालय कब्जा गरी संचालन गर्न सक्ने बताए। आफूहरुले आफनो स्वाभिमानको लडाइ लडेको उनको भनाई थियो। त्यस्तै थारु नेता भागीराम थारुले आवश्यक परे हरेक सरकारी निकायका कर्मचारी निकालेर आफै पनि संचालन गर्न सक्ने चेतावनी दिए।

त्यस्तै मन्नु राम थारुले यो देशमा आधा थारु रहेकोले लड्न परे लड्न तयार रहेको, मर्न परे मर्न तयार रहेको भन्दै आफ्नो अधिकार कुनै पनि हालतमा नछाड्ने बताए। प्रदर्शनकारीले प्रहरी दमन बन्द गर, कैलाली कञ्चनपुर छाड्दैनौँ , प्रतिगमनकारी होसियार जस्ता नारा लगाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ