arrow

‘सरकारले कोरोना संक्रमण नियन्त्रण अध्यादेश किन ल्याएन ?’ –अर्जुननरसिंह केसी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
Arjun-Narasing-Kc-260x300.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना संक्रमण नियन्त्रण अध्यादेश नल्याएकोमा प्रश्न गरेका छन् । 

उनले सरकारले १५ महिनादेखि जारी अनेकौं अध्यादेश ल्याउने सरकारले अहिले सबैभन्दा जल्दोबल्दो र गम्भीर कोरोना नियन्त्रणको अध्यादेश नल्याएको भन्दै प्रश्न गरेका हुन् । 

नेता केसीले सामाजिक संजालमा आफ्नो भनाइ राख्ने क्रममा बुधबारको कोरोनाको तथ्यांक प्रस्तुत गर्दै सरकारको नियतमाथि गम्भीर प्रश्न खडा गरेका छन् । उनले औषधि नपाएर मृत्यु भएकाहरु राज्यबाट गरिएको हत्या भएको पनि आरोप लगाएका छन् । 

उनले लेखेका छन्, ‘कोरोना संक्रमण गत हप्ता भन्दा १२७ प्रतिशतले वृद्धि, आज मात्र ५८को मृत्यु र ८६५९ संक्रमित, सरकारले १५ महिनादेखि जारी अनेकौ अध्यादेशमा कोरोना संक्रमण नियन्त्रण अध्यादेश किन ल्याएन ? चारैतिर मृत्युको ताण्डव छ । आइसीयू, अक्सिजन, भेन्टिलेटर, बेड  र औषधि नपाएर मृत्यु भएकाहरू राज्यबाट गरिएको हत्या हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ