arrow

भारतमा अत्यधिक कोरोना बढ्नुको कारण 'डबल म्युटेन्ट' हुनसक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
corona-virus-awareness.jpg

काठमाडौं। कोभिड१९ को महामारीको दोस्रो लहरमा अत्यधिक सङ्क्रमण फैलिनुको कारण डबल म्युटेन्ट कोरोना भाइरस हुनसक्ने आशङ्का भारतीय अधिकारीहरूले गरेका छन् ।

गत मार्चमा भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट डबल म्युटेन्ट फेला परेको थियो । डबल म्युटेन्ट भाइरस भन्नाले एकै भाइरसमा दुई किसिमको आनुवंशिक परिवर्तन आउनु हो ।

भारतका विभिन्न राज्यमा डबल म्युटेन्टका केसहरू धेरै नै भेटिएका छन् । भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले निष्कर्षमा नपुगे पनि डबल म्युटेन्टले सङ्क्रमण बढाएको हुनसक्ने अनुमान गरेको हो ।

विभिन्न राज्यबाट सङ्कलन गरिएका १३ हजार नमुनाको सिक्वैन्सिंग गर्दा आठ राज्यका ३५ सय नमुनामा चिन्ताजनक भेरियन्ट देखिएको हो । महाराष्ट्र, कर्नाटक, पश्चिम बङ्गाल, गुजरात र छत्तीसगढ़जस्ता राज्यहरूमा डबल म्युटेन्ट भाइरसको सङ्क्रमण बढी देखिएको छ ।

भारतमा बुधवार मात्रै ४ लाख भन्दा बढी सङ्क्रमित भेटिएका छन्, भने करिब ४ हजारको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको समाचार ब्रीफिंगमा बोल्दै के विजयराघवनले करोना भाइरसको सङ्क्रमण बढ्ने बताएका छन् ।

भारतीय स्वास्थ्य अधिकारीहरूले महामारीको तेस्रो लहर समेत आउन सक्ने बताएका छन् । नेपालमा समेत कोरोना भाइरसको डबल म्युटेन्ट देखिएका कारण यो चिन्ताको विषय हुन जाने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ