arrow

अमेरिकाले आफ्नो खोप अन्य देशमा पनि उत्पादन गर्न दिने

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
vaccine-pfizer-biotech.jpg
तस्बिर : फाइल

काठमाडौँ। अमेरिकाले अन्य देशहरूमा पनि आफ्नो देशमा उत्पादित खोप उत्पादन गर्न सहयोग गर्ने भएको छ। यसअघि भारत र दक्षिण अफ्रिकाले अमेरिकी खोप आफ्नो देशमा उत्पादनका लागि पहल चालेका थिए। तर, बौद्धिक सम्पत्ति एवं पेटेन्ट (कुनै पनि आविष्कारको हक दाबी) को कुरालाई लिएर अन्य देशमा खोप उत्पादन गर्न दिएको थिएन।

अहिले अमेरिकाले आफ्ना नागरिकहरूका लागि विभिन्न खोपहरूको करोडौँ डोज सुरक्षित गरिसकेपछि अन्य देशहरूमा पनि खोप उत्पादन गर्न सहज पारिदिने भएको हो।

दजर्नाैं गरिब मुलुकहरूले १ प्रतिशत जनसङ्ख्यालाई समेत खोप नलगाएको अवस्था विभिन्न धनी राष्ट्रहरू भने आफ्ना नागरिकहरूलाई खोप लगाइ सक्ने अवस्थामा पुगेका छन्। बुधवार एक विज्ञप्ति जारी गर्दै अमेरिकी व्यापार प्रतिनिधि क्याटरिन ताईले जो बाइडेन र कमला ह्यारिस प्रशासनले कोभिड१९ खोपको बौद्धिक सम्पत्तिमा छुट दिने बताएकी हुन्।

यो विश्व स्वास्थ्य सङ्कट भएका कारण यस्तो बेलामा असाधारण संयमता अपनाउनुपर्ने भएका कारण खोपको पेटेन्टमा छुट दिइने भएको विज्ञप्तिमा उल्लेख छ।

यसका लागि अब, विश्व ट्रेड युनियनसँग वार्ता हुनेछ र अन्य देशहरूले पनि अमेरिकी खोप उत्पादन गर्न सक्नेछन्। तर,यसका लागि विशेषज्ञता र कच्चा पदार्थको आवश्यक हुनेछ जसको उपलब्धता तत्काल अमेरिकाले मात्र गर्नसक्ने छ।

योसँगै अब, अन्य देशहरूले पनि अमेरिकी खोपहरू उत्पादन गर्न सक्नेछन्। जसबाट गरिब मुलुकहरूले पनि सहजता पूर्वक खोप पाउन सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ