arrow

भारतमा एकैदिन तीन लाख २८ हजार कोरोना संक्रमितलाई निको, थपिनेमा रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
corona-india-bed.jpg

काठमाडौं । भारतमा बिहीबार एकैदिन ३ लाख २८ हजार १४१ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको छ । यसअघि मंगलबार एकैदिन सबैभन्दा बढी ३ लाख ३७ हजार ५ सय ४८ जनालाई निको भएको थियो ।

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ७५ लाख ९७ हजार ४१० पुगेको छ । 

संक्रमित थपिनेमा भने रेकर्ड भएको छ । बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका छन् । यो एकैदिन थपिएको अहिलेसम्मकै बढी हो । बुधबार एकैदिन त्यो दिन सम्मकै बढी ४ लाख १२ हजार ३७३ जना संक्रमित थपिएका थिए । 

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड १४ लाख ८५ हजार २८५ पुगेको छ । 

हाल ३६ लाख ४४ हजार ४३६ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी बिहीबार ३ हजार ९२० जनाको ज्यान गएको छ । बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ३ हजार ९७९ जनाको ज्यान गएको थियो । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार ७१ रहेको छ । 

भारतमा अहिलेसम्म १६ करोड २५ लाख १३ हजार ३३९ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ