arrow

एकैपटक नौं जना बच्चाको जन्म दिएर विश्व कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
mali-women.jpg

काठमाडौं । अफ्रिकी मुलुक मालिकी एक महिलाले एकै पटक नौं जना बच्चा जन्माएर नयाँ विश्व कीर्तिमान बनाएकी छन् । उनी पश्चिम अफ्रिकी देशकी भएतापनि उनले सन्तान चाहीं उत्तर अफ्रिकामा जन्माएकी हुन् ।

मालीका स्वास्थ्य मन्त्रीका अनुसार सात जनासम्म बच्चा हुने अपेक्षा गरिएता पनि नौं जना सकुशल जन्माएकी हुन् । यसरी जीवितै नौं जना बच्चा जन्मेको पहिलो र नयाँ विश्व कीर्तिमान भएको छ ।

स्वास्थ्य मन्त्रीका अनुसार पाँच जना छोरी र चार जना छोरा भएका छन् भने सबैको स्वास्थ्य राम्रो भएको एक वक्तव्यमा जनाएका छन्  । २५ वर्षीया आमा हलिमा सिसेको शल्य क्रियाबाट बच्चा निकाल्नु परेको थियो । उनको लागि गत मंगलबार मालीले विशेष हेरचाह टोली त्यहाँ पठाएको थियो ।

एसोसिएट प्रेसका सम्वाददाताले गत बुधबार उनकी आमाले कासबलान्सा बोर्जा क्लिनिकमा हात र इन्क्यूबेटर(समय भन्दा अगाडी जन्मेका बच्चाहरु राख्ने यन्त्र)मा राखिएको देखेका थिए भनि याहु न्यूजले समाचार लेखेको छ ।

सिसेले सात बच्चाको आशा गरेकी थिइन् । मालीका चिकित्सकरूले सरकारी आदेशमा उनलाई जन्म दिनको लागि मोरक्को पठाएका थिए । किनभने विश्वको सबैभन्दा गरिब देश मालीका अस्पतालहरू यस असाधारण बहुविध गर्भावस्थाको लागि पर्याप्त हेरचाह गर्न असक्षम छन्।

सिसेले ३० हप्तामा अग्रिम रुपमा समय नपुग्दै जन्म दिएकी हुन र अहिले भारी रक्तस्रावपछि उनको अवस्थामा स्थित रहेको छ ।  सिसेलाई दुखाई शुरु भएपछि उनको शल्यक्रिया शुरु गरिएको थियो भने बच्चाहरुको वजन ५ सय ग्राम देखि १ किलोग्रामसम्म रहेको छ ।

गिनीज बुक अफ वर्ल्ड रेकर्ड्सले गत बुधबार एपीलाई एक विद्युतीय डाक(ईमेल)मा भनेको छ कि हालको सबैभन्दा बढी एकैचोटी जीवित जन्म भएको हालको रेकर्ड आठ हो, र यसले मोरक्कोको जन्म प्रमाणित गरिरहेको बताएको छ ।

हाल धेरै बच्चा जन्माउने कीर्तिमान राख्ने अमेरिकी नाध्या सुलेमान हुन् भने उनले सन् २००९ मा आठ जना स्वस्थ बच्चाहरूलाई जन्म दिएकी थिइन् ।-जिएनएन/एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ