arrow

भारतमा एकैदिन तीन लाख १९ हजार कोरोना संक्रमितलाई निको, मृत्युमा अहिलेसम्मकै बढी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
corona-india-covid-bed.jpg

काठमाडौं । भारतमा शुक्रबार एकैदिन ३ लाख १९ हजार ४६९ जनालाई निको भएको छ । यो संख्या बिहीबारको भन्दा ९ हजारले कमी हो । बिहीबार ३ लाख २८ हजार १४१ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको थियो । यसअघि मंगलबार एकैदिन सबैभन्दा बढी ३ लाख ३७ हजार ५ सय ४८ जनालाई निको भएको थियो ।

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ७९ लाख १७ हजार ८५ पुगेको छ । 

संक्रमित भने बढि नै रहेका छन्् । शुक्रबार ४ लाख १ हजार २२८ संक्रमित थपिएका छन् । बिहीबार भने रेकर्ड बढी भएको थियो । बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । बुधबार एकैदिन त्यो दिन सम्मकै बढी ४ लाख १२ हजार ३७३ जना संक्रमित थपिएका थिए । 

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ । हाल ३७ लाख २१ हजार ७६९ जना सक्रिय संक्रमित रहेका छन् । 

त्यसैगरी शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार १९१ जनाको ज्यान गएको छ । यसअघि बिहीबार ३ हजार ९२० जनाको ज्यान गएको थियो । बुधबार ३ हजार ९७९ जनाको ज्यान गएको थियो । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३८ हजार २६५ रहेको छ । 

भारतमा अहिलेसम्म १६ करोड ४९ लाख ७३ हजार ५८ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ