arrow

कोभिड१९ को सङ्कटमा भारतमा भाइरल भइरहेका विषय

नहरमा रेम्डिसिभिरदेखि नेताका घरमा सयौँ सिलिन्डर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
india viral.jpg

काठमाडौँ। यति बेला भारत कोरोना भाइरसले विकराल अवस्थाबाट गुज्रिरहेको छ। भारत मात्रै हैन नेपालमा समेत कोभिड१९ को सङ्कट बढ्दै गइरहेको छ। यस्तोमा भारतीय सञ्चारमाध्यममा दुखलाग्दा तर आश्चर्यजनक विषयहरू बाहिरिई रहेका छन्।

केजरीवालको आप पार्टीको विधायकको घरबाट अक्सिजन सिलिण्डर बरामद

दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) का विधायक इमरान हुसेनको घरबाट अक्सिजन ग्याँसका ६ सय ३७ सिलिन्डर बरामद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो सँगै दिल्ली हाई कोर्टले उनलाई नोटिस जारी गर्दै यसबारे जवाफ माग गरेको छ।

यस्तै काँग्रेस नेता एवं राहुल गान्धीका खास मानिने नवीन कारालाको घरबाट पनि ५ सय ५७ अक्सिजन सिलिन्डर मिलेको आरोप लागेका समाचारहरू भारतीय सञ्चारमाध्यममा आएका छन्। उनले अक्सिजन कन्सनट्रेटरमा समेत कालोबजारी गरिरहेको आरोप लागेको छ।

भारतमा कृत्रिम रूपले अक्सिजनको अभाव गराएर प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको आलोचना गराउन खोजिरहेको समाचारहरू समेत भारतीय सञ्चारमाध्यममा आएका छन्। कालोबजारी गरेर भारतमा एउटै अक्सिजन सिलिन्डर ९० हजार रुपैयाँसम्म बेचिएको बताइएको छ।

चिनियाँ जासुसले नेपाल-भारत सीमाबाट कोभिड फैलाएको आरोप

भारत र नेपाल लगायतका देशमा कोभिड१९ को सङ्क्रमण बढ्दै गइरहेको तर, पाकिस्तान र अन्य छिमेकी मुलुकहरूमा नबढेको अवस्थालाई नियाल्दै चिनियाँ राज्य प्रसारित जासुसहरूले कोभिड१९ को नयाँ भेरियन्ट फैलाइरहेको आरोप समेत भारतीय सञ्चारमाध्यममा आएका छन्।

आईएफई न्युज नेटर्वकका अनुसार एक चिनियाँ जासुसले यो कुरा स्वीकार समेत गरेका छन्। चीनको वुहानस्थित ल्याबबाट कोरोना भाइरस लिक भएपछि अहिले भारतमा नयाँ भेरियन्टको विकराल अवस्था सिर्जना हुनुमा चिनियाँ हात रहेको भारतीय आरोप छ।

नेपालसँगको सीमा क्षेत्रबाट चिनियाँ राज्य प्रसारित जासुसहरूले नयाँ भेरियन्ट फैलाउन खोजिरहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ।

नहरमा रेम्डिसिभिर

यस्तै पन्जाबको एक नहरमा हजारौँ रेम्डिसिभिर बगाइएको पाइएको छ। सन् २०२१ मा म्याद नाघ्ने लेखिएको रेम्डिसिभिरमा नट फर सेल (बिक्रिका लागि हैन)भनेर समेत लेखिएको पाइएको छ। यि औषधी नहरमा बग्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ।

घर अगाडि अक्सिजन ट्याङ्कर लिक

यस्तै घर अगाडि अक्सिजनको पुरै ट्याङ्कर लिक गराएर अक्सिजनको अभाव गराएर मानिसहरूको ज्यान लिन खोजेको भिडियो समेत भाइरल भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ