- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेइजिङ। भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काऊ एवं सुख भोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ। यस वर्षको सुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
प्रत्येक १० वटा मुद्दामध्ये नौ वटा मुद्दा भड्काऊ र सुखभोगसँग सम्बन्धित रहेका छन्। आयोगको वेबसाइटमा प्रकाशित विवरणमा अधिकांश मुद्दामा संलग्न व्यक्तिले महँगा सामान, नगद उपहार वा गिफ्ट लिएको उल्लेख छ।
प्रकाशित मुद्दाहरूमध्ये ४६.८ प्रतिशत अनुशासन उल्लङ्घनसँग सम्बन्धित छन्। स्प्रिङ फेस्टिभल, ड्रागन बोट फेस्टिभल, मीड–अट्न डे र नेसनल डे समेतका प्रमुख चिनियाँ पर्वहरूमा पार्टीका नेताहरूबाट अनुशासन उल्लङ्घन भएको पाइएको छ।
आयोगले भ्रष्ट अधिकारीहरूमाथि दण्ड सजाय सिफारिस गर्नुका साथै कतिपयलाई चेतावनी दिइएको जनाएको छ। चीनमा पार्टीका नेताहरू नै अधिकांश सरकारी निकायका पदाधिकारी हुने प्रचलन छ।