arrow

कोरोना विरुद्धको लडाईमा नेपाललाई निरन्तर सहयोग गर्छौ : चीन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
china.jfif
तस्बिर : फाइल

काठमाडौँ। चीनले कोभिड१९ विरुद्धको लडाँईमा नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन्। चीन सरकारका प्रवक्ता वाङ वन पिनले महामारीविरुद्ध नेपाललाई सक्दो सबै सहयोग गर्ने बताएका हुन्।

उनले नेपालले चाँडै नै कोभिड१९ विरुद्धको लडाई जित्ने विश्वास व्यक्त गर्दै नेपाललाई सक्दो सहयोग गर्ने बताएका हुन्। चिनियाँ विदेश मन्त्रालयद्वारा शुक्रवार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पिनले यस्तो विश्वास व्यक्त गरेका हुन्।

योसँगै नेपालका लागि चिनियाँ राजदूत हाउ यान्कीले पनि नेपाललाई सक्दो मेडिकल सामग्रीको मद्दत प्रदान गर्न कोसिस गर्ने बताएकी छन् । ट्विटरमार्फत राजदूत यान्कीले नेपाललाई सक्दो सहयोग गर्ने बताएकी हुन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ