arrow

भारतमा एकैदिन अहिलेसम्मकै बढी कोरोना संक्रमितलाई निको 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
corona-india-bed.jpg

काठमाडौं । भारतमा शनिबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितलाई निको भएको छ । शनिबार ३ लाख ८६ हजार २०७ जनलाई निको भएको हो । यसअघि सबैभन्दा बढीका रुपमा गत मंगलबार एकैदिन सबैभन्दा बढी ३ लाख ३७ हजार ५ सय ४८ जनालाई निको भएको थियो ।

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ८३ लाख ११ हजार ४९८ पुगेको छ । 

संक्रमित भने बढिरहेका छन् । शनिबार ४ लाख ३ हजार ६२६ जनालाई संक्रमण भएको छ । शुक्रबार ४ लाख १ हजार २२८ संक्रमित थपिएका थिए । बिहीबार भने रेकर्ड बढी भएको थियो ।

बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । बुधबार एकैदिन त्यो दिनसम्मकै बढी ४ लाख १२ हजार ३७३ जना संक्रमित थपिएका थिए । 

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड २२ लाख ९५ हजार ९११ पुगेको छ । हाल ३७ लाख ३२ हजार ४६७ जना सक्रिय संक्रमित रहेका छन् । 

त्यसैगरी शनिबार ४ हजार ९१ जनाको ज्यान गएको छ । शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार १९१ जनाको ज्यान गएको थियो । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ४२ हजार ३९८ रहेको छ । 

भारतमा अहिलेसम्म १६ करोड ७३ लाख ४६ हजार ५४४ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ