arrow

भारतको नयाँ औद्योगिक नीति अनुसार विश्वका लागि खुला गरियो जम्मु काश्मीर

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख २६ आइतबार
jambu-kasmir.jpg
तस्बिर : फाइल

नयाँ दिल्ली। भारत सरकारले ल्याएको नयाँ औद्योगिक नीतिले जम्मु काश्मीर विश्वका लागि खुला गरेको छ। भारत सरकारले सन् २०१९ को अगस्त ५ मा जम्मु काश्मीरका लागि दिइएको विशेषाधिकार खारेज गर्दै केन्द्र प्रशासित राज्य घोषणा गरेसँगै जम्मु काश्मीर विश्वका लागि खुला भएको हो।

भारत सरकारले यही अप्रिलमा नयाँ औद्योगिक नीति सन् २०२१-३० सार्वजनिक गरेको छ। यस क्षेत्रलाई विश्वका लागि खुला गर्दै विश्वका लगानीकर्ताहरूलाई नयाँ सन्देशसमेत दिएको साउदी गजेटले जनाएको छ।

काश्मीरी व्यापारीहरूले ’नयाँ औद्योगिक नीति २०२१–३०’ लाई जम्मु काश्मीरमा लागु गर्नु स्वागतयोग्य भएको बताएका छन्। काश्मीर फेडरेशन चेम्बर अफ इन्डस्ट्रीले उपत्यकाका शीर्ष उद्योगपतिहरूले समग्र नयाँ नीतिलाई स्वागत गर्दै यसले व्यवसायीहरूको बीचमा आशा जगाएको बताएका छन्।

नयाँ औद्योगिक नीतिले विभिन्न नयाँ क्षेत्रलाई सकारात्मक सन्देश प्रवाह गरेको र विश्वका लगानीकर्ताहरूका लागि लगानीको उपयुक्त वातावरण सिर्जना भएको जनाइएको छ। पर्यटन, आतिथ्य, स्वास्थ्य, शिक्षा, नवीकरणीय ऊर्जा लगायतका ४५ लाखको अनुदानको अतिरिक्त जेन–सेटमा सब्सिडी थपिएको छ। प्रदूषण नियन्त्रण उपकरणमा ६० प्रतिशत अनुदान उपलब्ध गराइने जनाइएको छ।

एफसीआईके अध्यक्ष साहिद कमीलले विभिन्न तहमा मुद्दाको स्वीकृतिको समय तालिका तय गरेकोमा सरकारको सराहना गरेका छन्। “यसले जम्मु काश्मीरको पुर्न उत्थान गर्न उद्योगमा सरकारको गम्भीरता झल्काउँछ। कारोबारमा आधारित प्रोत्साहन र एसजीएसटी परिपूर्तिले जबाफदेहिता सुनिश्चित गर्नेछ र वास्तविक उद्यमीलाई प्रवर्द्धन गर्नेछ,“ उनले थपे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ