arrow

गिनीको सुन खानीमा खस्यो पहिरो, पन्ध्र जनाको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७८ वैशाख २६ आइतबार
gold-jewellery.jpg

कोनाक्री । पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तरपूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरु मानिस पनि पुरिएको हुन सक्ने बताएका छन् । 
पहाडको माथिल्लो भागबाट शुरु भएको पहिरो खानीमाथि खसेको थियो ।

पहिरोका कारण खानी भित्र कार्यरत मजदूरहरु थुनिएका वा माथिबाट ढुङ्गाले लागेको हो भन्ने यकिन हुन नसकेको अधिकारीहरुको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ