arrow

माल्दिभ्सका पूर्व राष्ट्रपति आक्रमण गर्ने तेस्रो व्यक्ति समातिए

logo
एएनआई,
प्रकाशित २०७८ वैशाख २६ आइतबार
Mohamed-Nasheed.jpeg

माले । माल्दिभ्स प्रहरीले आइतबार पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नशीदमाथिको आक्रमणमा सम्लग्नता रहेको भनी आरोपित तेस्रो व्यक्ति पक्राउ गरेको छ । 

आक्रमणमा सम्लग्नता रहेका भनिएका दुई आरोपितलाई प्रहरीले शनिवार पक्राउ गरी अनुसन्धान सुरू गरेको बताइएको छ । 

“मे ३ मा पूर्व राष्ट्रपतिमाथि भएको आक्रमणका तेस्रो योजनाकारलाई आइतबार बिहान पक्राऊ गरिएको छ,” माल्दिभ्सको प्रहरीले ट्वीट गरी जानकारी गराएको छ । 

आइतवार पक्राउ परेका आरोपित उक्त आक्रमणको ‘प्रमुख’ योजनाकारसमेत रहेको विश्वास प्रहरीले गरेको छ । 

राजधानी मालेमा बिहीबार बम बिष्फोटनमा ५३ वर्षीय नशीद घाइते भएका थिए। उनी अस्पतालमा उपचाररत छन् भने स्वास्थ्यमा क्रमशः सुधार आएको बताइएको छ । नशीदको घरनजिकै भएको उक्त घटनामा दुई अन्य व्यक्ति घाइते भएका थिए । 

घाइते हुनेमा नशीदका अङ्गरक्षक र जसलाई एक विदेशी नागरिक पैदल यात्री घाइते भएका थिए । प्रहरीले नशीदमाथि भएको आक्रमणलाई आतङ्कवादी आक्रमण बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ