arrow

भारतमा कोरोना संक्रमित र मृतक घटे  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
corona-india-bed-1620608511.jpg
तस्वीर–भारतको दिल्लीमा ३०० बेडको गुरु तेघबहादुर कोभिड केयर सेन्टर शुरु, जहाँ अमिताभ बच्चनले दिए दुई करोड सहयोग ।

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित घटेका छन् । आइतबार ३ लाख ६६ हजार ३१७ जना संक्रमित देखिएका छन् । शनिबार ४ लाख ३ हजार ६२६ जनालाई संक्रमण भएको थियो । 

शुक्रबार ४ लाख १ हजार २२८ संक्रमित थपिएका थिए । बिहीबार भने रेकर्ड बढी भएको थियो । बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । बुधबार एकैदिन त्यो दिनसम्मकै बढी ४ लाख १२ हजार ३७३ जना संक्रमित थपिएका थिए । 

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड २६ लाख ६२ हजार ४१० पुगेको छ । हाल ३७ लाख ४१ हजार ३६८ जना सक्रिय संक्रमित रहेका छन् । 

त्यसैगरी आइतबार ३ हजार ७४७ जनाको ज्यान गएको छ । शनिबार ४ हजार ९१ जनाको ज्यान गएको थियो । शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार १९१ जनाको ज्यान गएको थियो । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ४६ हजार १४६ रहेको छ । 

आइतबार ३ लाख ५३ हजार ५८० जनालाई निको भएको छ । शनिबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितलाई निको भएको थियो । शनिबार ३ लाख ८६ हजार २०७ जनालाई निको भएको हो । 

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ८६ लाख ६५ हजार २६६ पुगेको छ । 

भारतमा अहिलेसम्म १६ करोड ९४ लाख ३९ हजार ६६३ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ