arrow

भारतमा लगातार दोस्रो दिन कोरोना संक्रमित थपिने भन्दा निको हुने बढी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
india-oxygen-train-supply.jpg
तस्वीर–कोरोना संक्रमित बिरामीका लागि अंगुलबाट पहिलो अक्सिजन एक्सप्रेस पुने पुगेको छ ।

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित घटेका छन् । मंगलबार ३ लाख ४८ हजार ३८९ जना संक्रमित थपिएका छन् । सोमबार ३ लाख २९ हजार ३७९ जना मात्रै संक्रमित थपिएका थिए । आइतबार ३ लाख ६६ हजार ३१७ जना संक्रमित देखिएका थिए । भारतमा गत बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । 

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड ३३ लाख ४० हजार ४२७ पुगेको छ । हाल सक्रिय संक्रमित घटेर ३६ लाख ९९ हजार ६६१ रहेका छन् । आइतबार ३७ लाख ४१ हजार ३६८ जना सक्रिय संक्रमित रहेका थिए ।

मंगलबार ३ लाख ५५ हजार २५७ जना संक्रमितलाई निको भएको छ । लामो समयपछि सोमबार संक्रमित थपिने भन्दा निको हुने बढेका थिए । लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुने बढी देखिएका हुन् ।  

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ९३ लाख ७६ हजार ६५१ पुगेको छ । 

त्यसैगरी मंगलबार ४ हजार १९८ जनाको ज्यान गएको छ । मृतक अहिलेसम्मकै सबैभन्दा बढी भारतमा एकैदिन थपिएका हुन् । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५४ हजार २२५ रहेको छ । 

भारतमा अहिलेसम्म १७ करोड २७ लाख १० हजार ६६ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ