arrow

भारतमा बच्चाका लागि कोरोना भ्याक्सिन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
vaccine-pfizer-biotech.jpg

काठमाडौं । भारतले २ देखि १८ वर्षका उमेर समूहका लागि पनि कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरेको छ । यो तयारी सम्भव भए क्यानडा र अमेरिकापछि सफलता हासिल गर्ने भारत तेस्रो राष्ट्र बन्नेछ । भारतको समाचार एजेन्सीका अनुसार भारतले यो उमेर समूहका लागि पनि भ्याक्सिन तयार गर्दैछ । 

सेन्ट्रल ड्रग्स स्टयाण्डर्ड कन्ट्रोल अर्गनाइजेशनको सब्जेक्ट एक्सपर्ट कमिटीले मंगलबार २ देखि १८ वर्ष उमेर समूहका लागि भारतको बायोटेकको कोभ्याक्सिनको दोस्रो तेस्रो ट्रायलको स्वीकृति दिएको छ । 

यो ट्रायल एम्स दिल्ली र एम्स पटना तथा नागपुरको मेडिट्रिना इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा ५२५ विषयमाथि गरिने छ । 

भारतीय चिकित्सा अनुसन्धान परिषदको सहयोगमा बायोटके स्वदेशी रुपमा विकसित गरेको कोभ्याक्सिनको उपयोग भारतमा १८ वर्षमाथिको उमेरलाई गरिराखेको छ । 

यता अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले १२ देखि १५ वर्षका बच्चाका लागि फाइजर–बायोएनटेकको कोरोना भ्याक्सिनको मन्जुरी दिइसकेको छ । अहिलेसम्म यो भ्याक्सिन १६ वर्षमाथिकाले मात्र लगाउँदै आएका थिए । 

यसअघि क्यानाडाले पहिलो पटक १२ देखि १५ वर्षका बालबालिकाका लािग भ्याक्सिन लगाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ