arrow

चीनले अनुदान दिएको पाँच लाख डोज खोप बङ्गलादेशमा

logo
सिन्ह्वा,
प्रकाशित २०७८ वैशाख २९ बुधबार
bangladesh-map-dhaka.png

ढाका। चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप ढाका आइपुगेको छ। बङ्गलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप बुधवार बिहान राजधानी ढाका ल्याएको हो।

चीनको विशाल औषधि निर्माता सिनोफार्म कम्पनीबाट विकास गरिएको खोप बङ्गलादेशलाई उपलब्ध गराइएको हो। यो खोपलाई बङ्गलादेशको औषधि नियामक निकायले केही दिनअघि आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोभिड विरुद्धको खोप अभियान गत जनवरी २८ मा सुरु गरेका थिए। बङ्गलादेशलाई यसअघि भारतले २० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो। साथै बङ्गलादेशले भारतको सेरम इन्स्टिच्युटबाट तीन करोड डोज खोप खरिद गर्न सम्झौता गरिसकेको जनाएको छ।

बङ्गलादेशले खरिदका लागि सम्झौता गरिसकेको खोपमध्ये ५० लाख डोज बङ्गलादेशले प्राप्त गरिसकेको छ भने प्रत्येक महिना अरू पाँच लाख खोप उपलब्ध गराउने सेरमले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ