arrow

भारतमा तीन लाख ५१ हजार बढी कोरोना संक्रमितलाई निको

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
corona-india-covid-bed.jpg

काठमाडौं । भारतमा बुधबार ३ लाख ६२ हजार ३८९ जना कोरोना भाइरसका संक्रमित थपिएका । मंगलबार ३ लाख ४८ हजार ३८९ जना संक्रमित थपिएका थिए । सोमबार ३ लाख २९ हजार ३७९ जना मात्रै संक्रमित थपिएका थिए । आइतबार ३ लाख ६६ हजार ३१७ जना संक्रमित देखिएका थिए । भारतमा गत बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । 

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड ३७ लाख २ हजार ९८१ पुगेको छ । हाल सक्रिय संक्रमित ३७ लाख ६ हजार १०५ रहेका छन् । गत आइतबार सबैभन्दा बढी ३७ लाख ४१ हजार ३६८ जना सक्रिय संक्रमित रहेका थिए ।

बुधबार ३ लाख ५१ हजार ७४० जना संक्रमितलाई निको भएको छ । लामो समयपछि सोमबार र मंगलबार संक्रमित थपिने भन्दा निको हुने बढेका थिए । तर बुधबार संक्रमित बढेका छन् । 

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ९७ लाख २८ हजार ५३२ पुगेको छ । 

त्यसैगरी बुधबार ४ हजार १२७ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार ३५२ रहेको छ । 

भारतमा अहिलेसम्म १७ करोड ५२ लाख ३५ हजार ९९१ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ