arrow

टर्कीका राष्ट्रपतिले पुटिनलाई भने- 'इजरायलाई पाठ सिकाउनु पर्‍यो'

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
putin erdogan.jpg
फाइल तस्बिर

काठमाडौं। टर्कीस राष्ट्रपति रेसत ताइप एर्दाेगनले इजरायललाई पाठ सिकाउनु पर्ने टिप्पणी गरेका छन्।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँगको टेलिफोन वार्ताका क्रममा राष्ट्रपति एर्दाेगनले प्यालेस्टाइनप्रति अपनाएको व्यवहारविरुद्ध 'इजरायललाई 'कडा र निरोधात्मक पाठ दिनुपर्ने' कुरा गरेका हुन्।

पूर्वी जेरुसलेम र गाजा पट्टीमा बढ्दो हिंसाको बीच पुटिन र एर्दाेगनबीच वार्ता भएको टर्कीको राष्ट्रिपति सञ्चार निर्देशनालयले जनाएको छ। गाजाबाट हमास सहुले आक्रमण गरेपछि बदलामा आक्रमण गरेको भन्दै इजरायले अहिले गाजामा हमला जारी राखेको छ।

हालसम्म इजरायली आक्रमणमा परि १७ बालबालिका सहित ६९ प्लोस्टिनीहरुको मृत्यु भइसकेको छ। गाजाका ठूला भवनहरुमा इजरायलले आक्रमण गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ