arrow

भारतमा फेरि पनि कोरोनाका संक्रमित थपिने भन्दा निको हुने बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
corona-india-covid-bed.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित घट्दै गएका छन् । बिहीबार ३ लाख ४२ हजार ८९६ जना संक्रमित थपिए । यो गत बुधबारको तुलनामा २० हजारले कमी हो । 

बुधबार ३ लाख ६२ हजार ३८९ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । भारतमा गत हप्ताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । 

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड ४० लाख ४६ हजार १२० पुगेको छ । हाल सक्रिय संक्रमित ३७ लाख ३२७ रहेका छन् । गत आइतबार सबैभन्दा बढी ३७ लाख ४१ हजार ३६८ जना सक्रिय संक्रमित रहेका थिए ।

बिहीबार ३ लाख ४४ हजार ५७० जनालाई निको भएको छ । दोस्रो लहर आएपछि यो सातामात्रै तेस्रो पटक संक्रमित थपिने भन्दा निको हुने बढी भएका छन् । यसअघि सोमबार र मंगलबार पनि संक्रमित थपिने भन्दा निको हुने बढेका थिए । 

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या २ करोड ७३ हजार ३६७ पुगेको छ । 

त्यसैगरी बिहीबार ३ हजार ९९७ जनाको ज्यान गएको छ । बुधबार ४ हजार १२७ जनाको ज्यान गएको थियो । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ६२ हजार ३५० रहेको छ । 

भारतमा अहिलेसम्म १७ करोड ७२ लाख १४ हजार २५६ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ