arrow

इजरायलको स्थल र वायु सेनाद्वारा गाजामा आक्रमण जारी

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
isreal-gaza-air-strike.jpeg
तस्बिर : एपी

काठमाडौँ । इजरायलको स्थल र वायु सेनाले गाजा क्षेत्रका विभिन्न स्थानमा आक्रमण जारी राखेको छ। इजरायलको सेनाले एक सूचना जारी गर्दै गाजामा आक्रमण गरिरहेको बताएको हो।

अहिलेसम्म गाजा क्षेत्रमा १११ प्यालेस्टानीहरुको मृत्यु भइसकेको छ जसमा ३१ बालबालिकाहरू रहेका छन् । इजरायले आज बिहान मात्रै १६० एयरक्राफ्टले गाजाका १५० निशानामा आक्रमण गरेको बताएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमण अझै जारी रहने बताएका छन् । उनले जबसम्म आवश्यक छ तबसम्म आक्रमण जारी रहने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ