arrow

चीनद्वारा उत्तर कोरियालाई प्रशोधित इन्धन सहयोग

logo
योनहाप,
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
north-korea-.jpg
फाइल तस्बिर

सियोल। चीनले उत्तर कोरियालाई गत मार्च महिनामा करिब पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको राष्ट्रसङ्घले जनाएको छ। उत्तर कोरिया मामिला सम्बन्धी राष्ट्रसङ्घीय समितिका अनुसार मार्च महिनामा चीनले चार हजार ८९३ ब्यारेल तेल उपलब्ध गराएको छ।

गत वर्ष सेप्टेम्बरमा प्रकाशित प्रतिवेदन प्रकाशन गरेयता चीनले उत्तर कोरियालाई मासिक इन्धन निकासीका बारेमा जानकारी गराएको छैन।

उत्तर कोरियातर्फ मार्चमा चीनले निकासी गरेको इन्धन वर्षको एक प्रतिशत मात्र हो। संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सन् २०१७ को प्रस्तावमा उत्तर कोरियाले वार्षिक पाँच लाख ब्यारेल अर्थात् ६० देखि ६५ हजार टन प्रशोधित इन्धन आयात गर्न पाउँछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ