arrow

सम्हालिँदै भारत

भारतमा कोरोनाका संक्रमित घटे, निको हुनेहरु कयौं बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १ शनिबार
corona-india-bed.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित घट्दै गएका छन् । शुक्रबार ३ लाख २६ हजार १४ जना संक्रमित थपिएका छन् । बिहीबार ३ लाख ४२ हजार ८९६ जना संक्रमित थपिएका थिए ।

बुधबार ३ लाख ६२ हजार ३८९ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । भारतमा गत हप्ताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । 

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड ४३ लाख ७२ हजार २४३ पुगेको छ । हाल सक्रिय संक्रमित ३६ लाख ६९ हजार ५७३ जना रहेका छन् । गत आइतबार सबैभन्दा बढी ३७ लाख ४१ हजार ३६८ जना सक्रिय संक्रमित रहेका थिए ।

शुक्रबार ३ लाख ५२ हजार ८५० जनालाई निको भएको छ । बिहीबार ३ लाख ४४ हजार ५७० जनालाई निको भएको थियो । दोस्रो लहर आएपछि यो सातामात्रै चौथो पटक संक्रमित थपिने भन्दा निको हुने बढी भएका छन् । यसअघि सोमबार, मंगलबार र बिहीबार पनि संक्रमित थपिने भन्दा निको हुने बढेका थिए । 

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या २ करोड ४ लाख २६ हजार ३२३ पुगेको छ । 


त्यसैगरी शुक्रबार ३ हजार ८७६ जनाको ज्यान गएको छ । बिहीबार ३ हजार ९९७ जनाको ज्यान गएको थियो । बुधबार ४ हजार १२७ जनाको ज्यान गएको थियो । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ६६ हजार २२९ रहेको छ । 

भारतमा अहिलेसम्म १७ करोड ९२ लाख ९८ हजार ५८४ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ