arrow

भारतमा कोरोना नियन्त्रण उन्मुख, संक्रमित थपिने भन्दा निको हुने कयौं बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
corona-india-royal-stag.jpg
तस्वीर–पश्चिम बंगालमा आइतबारदेखि दुई हप्ते लकडाउन लाग्नुअघि कोलकाताका विभिन्न भागमा मदिरा किन्नेको भीड ।

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित घट्दै गएका छन् । शनिबार ३ लाख १० हजार ५८० संक्रमित थपिएका छन् । शुक्रबार ३ लाख २६ हजार १४ जना संक्रमित थपिएका थिए ।

बिहीबार ३ लाख ४२ हजार ८९६ जना संक्रमित थपिएका थिए । भारतमा दुई हप्ताअघिको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । 

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड ४६ लाख ८३ हजार ६५ पुगेको छ । हाल सक्रिय संक्रमित घटेर ३६ लाख १३ हजार ५१५ जना रहेका छन् । गत हप्ताको आइतबार सबैभन्दा बढी ३७ लाख ४१ हजार ३६८ जना सक्रिय संक्रमित रहेका थिए ।

शनिबार ३ लाख ६२ हजार ३६७ जनालाई निको भएको छ । शुक्रबार ३ लाख ५२ हजार ८५० जनालाई निको भएको थियो । बिहीबार ३ लाख ४४ हजार ५७० जनालाई निको भएको थियो । 

दोस्रो लहर आएपछि गएको सातामात्रै पाँचौं पटक संक्रमित थपिने भन्दा निको हुने बढी भएका छन् । यसअघि सोमबार, मंगलबार, बिहीबार र शुक्रबार पनि संक्रमित थपिने भन्दा निको हुने बढेका थिए । 

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या २ करोड ७ लाख ८९ हजार ३८ पुगेको छ । 

त्यसैगरी शनिबार ४ हजार ७५ जनाको ज्यान गएको छ । शुक्रबार ३ हजार ८७६ जनाको ज्यान गएको थियो । बिहीबार ३ हजार ९९७ जनाको ज्यान गएको थियो । 

बुधबार ४ हजार १२७ जनाको ज्यान गएको थियो । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ३१९ रहेको छ । 

भारतमा अहिलेसम्म १८ करोड ४ लाख ५७ हजार ५७९ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ