arrow

कोभिड-१९ अनुगमन समिति नवलपुरद्वारा जिल्ला अस्पताललाई २५ थान सिलिन्डर हस्तान्तरण

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ जेठ २ आइतबार
oxygen cylinder-nawalpur.jpg

कावासोती। कोभिड-१९ अनुगमन समितिको संयोजनमा रिफिल गरिएको २५ थान अक्सिजन सिलिन्डर मध्य विन्दु जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ। नेपाली काङ्ग्रेसले बनाएको कोभिड-१९ अनुगमन समितिको पहलमा सांसद द्वय देवेन्द्रराज कँडेल र विनोद चौधरीको पहलमा भैरहवाबाट रिफिल गरेर ल्याइएको २५ अक्सिजन सिलिन्डर मध्य १५ वटा मध्य विन्दु जिल्ला अस्पताललाई र १० थान विपत् व्यवस्थापन सहयोग समितिलाई बुझाइएको कोभिड-१९ अनुगमन समितिका संयोजक सुरज गुरुङले बताए।

नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछानेले अक्सिजन सिलिन्डरहरू अस्पताललाई हस्तान्तरण गरेका हुन्। काँग्रेस  नेता महेन्द्र पोख्रेल, कावासोती-३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठ लगायतको उपस्थितिमा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको थियो।

अस्पतालबाट खाली सिलिन्डर भैरहवा लगेर रिफिल गरेर ल्याइएको र थप सिलिन्डरहरू ल्याउने प्रयास भइरहेको गुरुङले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ